सुभम र मेलिनाले सहकार्यमा ल्याए ‘धाउन नमिल्ने’

गायक एवम् मोडल सुभम चाम्लिङ राई र मोडल नग्मा श्रेष्ठ अभिनित म्युजिक भिडियो ‘धाउन नमिल्ने’ सार्वजनिक भएको छ । भिडियोमा सुभम र नग्माको प्रेमका उतारचढाव देखाइएको छ ।  गायिका मेलिना राई र गायक सुभम चाम्लिङ राईका स्वर रहेको गीतका शब्द डि.पी खनालले कोरेका हुन् । खनालकै संगीत रहेको गीतमा राजु कार्कीको संगीत संयोजन छ ।मनिक राईको कोरियोग्राफी, ज्ञानेन्द्र शर्मा हुमागाईले छायाँकन रहेको भिडियो अनिल रानाले सम्पादन गरेका हुन् । भिडियोका निर्देशक किरण चाम्लिङ राई हुन् ।

सम्बन्धित सामग्री

नेपाली ट्यालेन्ट प्रजिनासँगको सहकार्यमा बादशाहले ल्याए गीत

काठमाडौं । नेपाली ट्यालेन्ट प्रजिनासँग भारतीय पपस्टार बादशाहको सहकार्य रहेको गीत ‘होला एट् योर ब्वाइ’ सार्वजनिक भएको छ । यो गीतमा प्रजिनासहित बादशाह र लोकप्रिय भारतीय र्‍यापर कृष्ण पनि फिचर्ड छन् । नेपाली, अंग्रेजी र हिन्दी भाषामा प्रजिनाले गाएकी छन् । उनको गायकीको प्रशंसक हुनुहुन्छ भने, पक्कै पनि यो ट्रयाक तपाईंलाई श्रुतिप्रिय हुनसक्छ । यो […]

गाँजालाई ‘नियन्त्रित वैधता’ दिन सिफारिश

काठमाडौं। नेपालमा गाँजाको वैधताबारे गम्भीर बहस भइरहेको बेला यसलाई ‘नियन्त्रित वैधता’ दिन सरकारलाई सिफारिश गरिएको छ । नीति अनुसन्धान प्रतिष्ठानले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहकार्यमा ‘नेपालमा गाँजा खेतीको वैधानिकीकरण : सम्भावना र चुनौती’ विषयमा एक अध्ययन गराई विश्वका कैयौं देशले उक्त नीति अवलम्बन गरेको भन्दै सरकारलाई उक्त सिफारिश गरेको हो ।  डा मनिता कुसी, डा हरि शर्मा न्यौपाने डा मुकुन्दराज कट्टेल, अधिवक्ता हरिप्रसाद मैनाली, प्रा राजेन्द्र ज्ञवाली, डा प्रेरक रेग्मी, पुष्कर बस्याललगायतले प्रतिष्ठानका लागि अनुसन्धान गरी तयार पारेको प्रतिवेदनमा नियन्त्रित प्रयोगसम्बन्धी वर्तमान ऐन (लागू औषध नियन्त्रण ऐन, २०३३) परिमार्जन गर्न सिफारिश गरिएको छ ।  गाँजाको व्यापार र प्रयोगको नियमन प्रक्रिया, पद्धति र संरचना विकास गर्न अध्येताहरूले सिफारिश गरेका छन् । तत्काललाई गाँजाको अनियन्त्रित वैधता सम्भव नरहे पनि अन्य देशहरूले अवलम्बन गरेजस्तै ‘नियन्त्रित वैधता’को बाटो अवलम्बन गर्न सकिने संकेत अनुसन्धानकर्ताहरूले प्रतिवेदनमा गरेका छन् ।  तर गाँजाजन्य वस्तुहरूको ‘हानि पक्ष’बारे सचेत रहन भने जरुरी रहेको उनीहरूको निष्कर्ष छ । त्यसको निगरानी, निवारण तथा उपचारका लागि आवश्यक नियमनका औजार निर्माण गर्ने तथा गाँजाजन्य पदार्थको प्रयोगबाट सृजना हुने सहउत्पादनहरू (दुव्र्यसन, सामाजिक हिंसा आदि) को सम्बोधन गर्न निर्दिष्ट पद्धति, संरचना र मानव संसाधन तयार गरिनु अत्यावश्यक रहेको र यस्ता संरचनामा व्यवसाय तथा मनोरञ्जन दुवैलाई सम्बोधन गर्न सक्ने प्राधिकार कौशल तथा दक्षता हुनु जरुरी रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । अध्ययन प्रतिवेदनअनुसार लागू औषधसम्बन्धी मौजुदा ऐनमा गाँजाको नियन्त्रित प्रयोजनबारे स्पष्टता कायम गरिनुपर्छ । साथै सम्बन्धित सरकारी निकायले यससम्बन्धी स्पष्ट नियमावली निर्माण गरी कार्यान्वयनमा ल्याए गाँजाको प्रयोगसम्बन्धी वर्तमान अस्पष्टता हटाउन सकिने अध्ययनले देखाएको छ ।  प्रयोगका आधारमा गाँजालाई परिभाषित गर्न अध्येताहरूले सिफारिश गरेका छन् । लागू औषध नियन्त्रण ऐनको मौजुदा परिभाषाले गाँजाका सबै प्रजातिलाई अवैध भनेको छ । यसअनुसार शून्य दशमलव ३ प्रतिशतभन्दा कम टीएचसी हुने प्रजाति (जसको औषधीय तथा मनोरञ्जनात्मक असर नगन्य मानिन्छ र औद्योगिक उत्पादनका लागि प्रयोग गरिन्छ) को खेती तथा व्यवसाय पनि गैरकानूनी मनिने भएकाले यस परिभाषाको परिणामस्वरूप गाँजामा आधारित घरेलु तथा साना उद्योगहरू बन्द भएको अध्ययनबाट देखिएको छ ।  ‘भविष्यमा यस्तो अवस्था आउन नदिन गाँजामा पाइने यौगिकका आधारमा गाँजाको परिभाषा गरिनु आवश्यक छ । यस प्रयोजनका लागि शून्य दशमलव ३ प्रतिशतभन्दा कम टीएचसी भएका प्रजातिलाई ‘औद्योगिक गाँजा’ या यस्तै अन्य नाम दिई खेती तथा व्यवसायका लागि अनुमति दिने र शून्य दशमलव ३ प्रतिशतभन्दा बढी टिएचसी भएका प्रजातिलाई ‘नियन्त्रित प्रयोग’को सिद्धान्तअनुसार उचित नियमनसहित अनुसन्धान तथा औषधीय प्रयोगका लागि अनुमति दिने व्यवस्था गर्नु उपयुक्त हुन्छ,’ सिफारिशका बुँदामा भनिएको छ । त्यस्तै अध्ययन प्रतिवेदनमा गाँजाको औषधीय पक्षबारे सुसूचित ज्ञान निर्माणका लागि वैज्ञानिक अध्ययन गर्न सिफारिश गरिएको छ । नेपालमा गाँजाको औषधीय गुणबारे खासै अनुसन्धान नभएको उल्लेख गर्दै परम्परागत/आयुर्वेदिक अभ्यासमा आधारित अहिलेसम्मको ज्ञान विज्ञानसम्मत नरहेको पनि बताइएको छ । नेपाली गाँजालाई औषधि विज्ञानको अभिन्न अंग बनाई विश्व बजारमा स्थापित गर्न सकिने सम्भावनालाई मध्यनजर गरी कुन प्रजातिको गाँजामा कुन मात्राको कस्तो रासायनिक तत्त्व पाइन्छ सो निर्धारण गर्नु जरुरी रहेको र यसका लागि आधुनिक प्रयोगशाला, दक्ष जनशक्ति उत्पादन तथा गुण नियन्त्रणका लागि आवश्यक पूर्वाधारको विकास गर्न जरुरी रहेको प्रतिवेदनमा उल्लेख छ । औद्योगिक प्रयोजनका लागि वैज्ञानिक गाँजा खेती प्रवर्द्धन गर्न प्रतिवेदनले सुझाएको छ । अध्ययनबाट गाँजाको समग्र खेती तथा प्रयोगमा प्रतिबन्ध भएकाले औद्योगिक प्रयोजनका लागि गर्न सकिने खेतीबारे पनि हालसम्म अध्ययन तथा विश्लेषण नभएको देखिएको छ । भौगोलिक तथा प्राकृतिक विविधताअनुसार फरक–फरक प्रजातिका गाँजाको खेती गरी औद्योगिक लाभ लिन सकिने सम्भावना देखिने भए पनि नेपालको कुन हावापानीमा कुन प्रजातिको गाँजा खेती उपयुक्त हुन्छ भन्ने वैज्ञानिक ज्ञानको अभाव देखिएको अध्ययनले देखाएको छ । यो अभाव पूर्तिका लागि भौगोलिक वातावरण र हावापानी अनुकूल गाँजा खेतीको प्रवर्द्धन गर्न आवश्यक अध्ययन अनुसन्धान गरी सोहीअनुसार खेती गर्न कृषकलाई अभिमुखीकरण गर्ने र तालिम दिने संरचनात्मक व्यवस्था गर्न सिफारिश गरिएको छ ।  अध्ययन प्रतिवेदनमा प्रमाणमा आधारित आयुर्वेदिक चिकित्साको प्रवर्द्धन गर्न पनि सुझाइएको छ । अध्ययनअनुसार आयुर्वेदिक चिकित्सा प्रणालीमा गाँजा–मिश्रित औषधि निर्माणको लामो परम्परा रहेको पाइन्छ । यस्ता औषधिहरू अपच, बाथ, दूषित भोजन (फुड पोइजनिङ)का कारण सृजित समस्यालगायत थुप्रै रोगको उपचारमा प्रयोग हुने गरेको पाइन्छ । तर, यी तथा अन्य आयुर्वेदिक औषधिको दीर्घकालीन असरबारे विश्वसनीय (वैज्ञानिक) ज्ञानको अभाव छ, यसले गर्दा लामो इतिहास र परम्परा भएको आयुर्वेदिक चिकित्सा प्रणालीको अपेक्षित प्रवर्द्धन हुन सकेको छैन । यो समस्या समाधानका लागि आयुर्वेदिक औषधि निर्माणमा प्रयोग गरिने गाँजालगायत अन्य रैथाने वनस्पतिहरूको औषधीय गुण परीक्षण गर्ने, तिनले निदान गर्न सक्ने रोगको पहिचान गर्ने र वैज्ञानिक विधिमार्फत तिनको प्रशोधन गर्ने पद्धति र जनशक्तिको विकास गरी प्रमाणमा आधारित आयुर्वेदिक चिकित्साको प्रवर्द्धन गर्न सके मानव स्वास्थ्यमा राम्रो योगदान पुग्न सक्ने प्रतिवेदनमा औंल्याइएको छ । गैरअपराधीकरण या नियन्त्रित वैधतासँगै गाँजा या गाँजाजन्य औषधिको प्रयोगका कारण सृजना हुन सक्ने कुलत लगायत अन्य मनोसामाजिक जोखिम सम्बोधन गर्न सरकारी तहमा शीप, दक्षता तथा प्रविधिसम्पन्न पुनस्र्थापना केन्द्र स्थापना गर्नु आवश्यक रहेको र यसका लागि नियमावली निर्माण गरी तालिम प्राप्त मानव संशाधनको व्यवस्थापन पनि उत्तिकै जरूरी रहेको अध्ययन प्रतिवेदनमा देखाइएको छ । प्रतिवेदनमा गाँजाको माग र आपूर्तिको नियमित अवस्था विश्लेषण गर्न जरुरी रहेको बताइएको छ । ‘गाँजा खेतीबाट बढीभन्दा बढी फाइदा लिन आपूर्ति बढ्नासाथ मूल्यमा ह्रास आउने अवस्थालाई ख्याल गरी नियमित रूपमा माग र आपूर्तिको अवस्था विश्लेषण गर्ने र सोहीअनुसार उपचारात्मक उपाय अपनाउने प्रणालीको पनि विकास गर्नु जरुरी हुन्छ,’ प्रतिवेदनमा भनिएको छ ।  नेपालमा प्रतिबन्धको इतिहास  सन् १९६१ मा संयुक्त राष्ट्र संघले गाँजालाई लागू औषधको सूचीमा राखी विश्वव्यापी रूपमा यसको उत्पादन र प्रयोगमा कडाइ गर्नुपर्ने प्रस्तावसहित एकल महासन्धि पारित गरिएको थियो । संयुक्त राष्ट्र संघको सदस्यको हैसियतले नेपाल सरकारले उक्त महासन्धिलाई अनुसरण गर्दै २०३० सालमा एक राजनीतिक घोषणामार्फत नेपालमा पनि गाँजाको खेती, उपयोग र व्यापारमा प्रतिबन्ध लगायो । त्यसको तीन वर्षपछि २०३३ सालमा उक्त घोषणा कार्यान्वयन गर्न आवश्यक कानून निर्माण गरी लागू गरिएको थियो । खासगरी विकसित देशको अनुभव र अभ्याससमेतको आधारमा लागू औषध नियन्त्रण ऐन, २०३३ पारित भएपछि गाँजासम्बन्धी उक्त कानून र सम्बन्धित अन्य दस्तावेजहरू विभिन्न समयमा संशोधन गरिएका थिए । नेपालको संसद्मा गाँजालाई वैधता दिनेसम्बन्धी गैरसरकारी विधेयक दर्ता भए पनि त्यो अघि बढ्न सकेको छैन । सरकारले चालू आर्थिक वर्षको बजेटमा समेत यससम्बन्धी कार्यक्रम राखेपछि चर्चा पाएको थियो तर त्यो कार्यक्रम अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन । सिफारिश गरिएका मुख्य बुँदा  लागू औषध नियन्त्रण ऐन, २०३३ परिमार्जन  प्रयोगका आधारमा गाँजाको परिभाषा   औद्योगिक प्रयोजनका लागि वैज्ञानिक गाँजा खेती प्रवर्द्धन  गाँजाको औषधीय पक्षबारे सुसूचित ज्ञान निर्माणका लागि वैज्ञानिक अध्ययन   गाँजाको व्यापार र प्रयोग नियमनको प्रक्रिया, पद्धति र संरचना विकास   प्रमाणमा आधारित आयुर्वेदिक चिकित्साको प्रवर्द्धन  स्रोत तथा सुविधासम्पन्न पुनस्र्थापना केन्द्र स्थापना  गाँजाको माग र आपूर्तिको नियमित अवस्था विश्लेषण

माइस पर्यटनलक्षित प्रोत्साहन कार्यक्रम शून्य

काठमाडौं । सरकारले दोस्रोपटक आयोजना गरेको नेपाल भ्रमण वर्ष २०११ मा माइस पर्यटनलाई प्रोत्साहन गर्ने गरी कार्यक्रम घोषणा गरेको थियो । त्यतिबेला सरकारले एकपटकमा सय पर्यटक ल्याउने टुर्स एन्ड ट्राभल कम्पनीलाई पाँच लाख रूपैयाँसम्म सहुलियत दिने घोषणा गरेको थियो । माइस पर्यटनमा कुनै गन्तव्य मुलुकबाट मिटिङ, प्रोत्साहन, सभा–सम्मेलन र प्रदर्शनीलगायत कार्यक्रम गर्न आउने पर्छन् । जस्तै, भदौ २ गते नेपालमा बंगलादेशको एक कम्पनीका ७०० कर्मचारी नेपाल घुम्न आए ।  उनीहरूलाई कम्पनीले प्रोत्साहनस्वरुप नेपाल घुम्न पठाएको हो । यो माइस पर्यटनको उदाहरण हो । यस्तै पर्यटक ल्याउन सरकारले २०११ को भ्रमण वर्षमा सहुलियत दिएको थियो । यसअघि चीनबाट पनि यस्तै पर्यटक आएका थिए ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–प्रवक्ता टेकनारायण पौडेलले माइस पर्यटनलाई लक्षित गरी अहिले कुनै नयाँ कार्यक्रम नभएको बताए । यद्यपि पर्यटन प्रवर्द्धनका लागि मन्त्रालयले काम गरिरहेको उनको भनाइ छ ।  पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसारको काम गर्ने संस्था नेपाल पर्यटन बोर्डले पनि यसमा उल्लेख्य काम गरेको छैन । बोर्डका निर्देशक मणिराज लामिछानेले माइस पर्यटनका लागि कुनै कार्यक्रम र बजेट विनियोजन नगरिएको बताए ।  ‘अहिले कुनै देशबाट यसरी पर्यटक आए भने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसम्म बाजागाजाका साथ स्वागत गर्ने, डिनरका लागि सहयोग गर्नेलगायत काम भएका छन्,’ लामिछानेले भने, ‘अरू काम खासै भएका छैनन् । सरकारले सन् २०११ मा दिएको उक्त सहुलियत ५/७ ओटा कम्पनीले पाएको उनले बताए ।  उनका अनुसार अहिले बंगलादेशबाहेक भारतीय पर्यटक पनि यसरी आउने गरेका छन् । उनकै जस्तो भनाइ बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको पनि छ । जोशीले केही देशबाट सानो संख्यामा पर्यटक आउने गरेको बताए । हालको संसद् भवन (विरेन्द्र अन्तरराष्ट्रिय सम्मेलन केन्द्र) मा सन् २००९ तिर भारतीय चिकित्सक, इन्जिनियरहरूको समूह आउने गरेको उदाहरण दिँदै जोशीले थपे, ‘यसमा संख्याभन्दा पनि बढी खर्च गर्ने पर्यटक नेपाल भित्त्याउने उद्देश्य थियो, कर्पाेरेट हाउसहरूले पर्यटक पठाउने गर्छन् ।’ नेपालमा माइस पर्यटनको सम्भावना प्रशस्त रहेको भन्दै उनले पूर्वाधार निर्माणलगायतमा काम गर्नुपर्नेमा जोड दिए । कोभिडपछि सन् २०२३ मा माइस पर्यटन बढेको उनको भनाइ छ ।  सरकारले सन् २०११ मा नेपाल भ्रमण घोषणा गरिसकेपछि एकैपटकमा सय जना पर्यटक ल्याए सहुलियत दिने घोषणा गरेको थियो । त्यसलाई माइस पर्यटनका लागि सरकारले शुरू गरेको पहलको रूपमा अथ्र्याउन सकिने उनले बताए ।  होटेल एशोसिएशन नेपाल (हान)का अध्यक्ष विनायक शाहले सरकारले प्रोत्साहनका कार्यक्रम ल्याउँदा व्यवसायी उत्साहित हुने बताए । सरकारले ल्याएको भ्रमण दशकमा समेत यस्ता कुरालाई कार्यान्वयनमा ल्याउनुपर्नेमा उनले जोड दिए । नेपालले मार्केटिङ गर्न सक्नु पर्‍यो भन्दै शाहले दशैंअघि नै माइस पर्यटनलाई लक्षित गरेर कार्यक्रम गर्न लागिएको जानकारी दिए । हानलगायत टुर एन्ड ट्राभल्सलगायतका अन्य पर्यटनसँग सम्बन्धित संघसंस्थाको सहकार्यमा कार्यक्रम गर्न लागिएको उनले बताए । ढाकाको माउन्टेन क्लब टुरसँगको सहकार्यमा बंगलादेशबाट ७०० पर्यटक ल्याएको सम्राट टुर्स एन्ड ट्राभल्स प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सीएन पाण्डेले आगामी पाँच वर्षभित्रमा उक्त कम्पनीका सबै कर्मचारीलाई नेपालमा ल्याउने योजना रहेको बताए । उक्त कम्पनीमा दुई लाख कर्मचारी छन् । अन्य देशबाट पनि नेपालमा पर्यटक ल्याउन सकिने अन्य व्यवसायीको भनाइ छ ।  सभा, सम्मेलन गर्न नेपालमा ठूलो संख्यामा पर्यटक आउँदा र स्वदेशमै ठूला कार्यक्रम गर्न बुटबलमा हजार, लुम्बिनीमा पाँच हजार र गोदावरीमा तीन हजार मानिस क्षमताको सम्मेलन केन्द्र बनेका छन् । चितवन र काठमाडौंमा पनि ठूला क्षमताका सम्मेलन केन्द्र बनेका छन् । मुलुकमा सञ्चालनमा आएको पुरानो र ठूलो सम्मेलन केन्द्र काठमाडौंको वानेश्वरस्थित विरेन्द्र अन्तरराष्ट्रिय सम्मेलन हो ।  शहरी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रदीप परियारले सञ्चालनमा आएका ठूला सम्मेलन केन्द्रका लागि व्यावसायिक योजना बनाउन लागिएको बताए । गोदाबरी सनराइज सम्मेलन केन्द्र राम्रोसँग सञ्चालनमा आइसकेको उनको भनाइ छ । उनले मुलुकमा रहेका यस्ता केन्द्रहरू नियमन र सञ्चालन गर्न कार्यदेश तथा कार्यविधि बनाउने तयारी भएको जानकारी दिए ।  ठूलो संख्यामा व्यावसायिक सम्मेलन, सभा तथा कतिपय अवस्थामा प्रदर्शनी केन्द्रको रूपमा नेपाल आउने पर्यटकका लागि ठूलो संख्यामा मानिस सहभागी हुन सक्ने हल आवश्यक हुन्छ । आन्तरिक रूपमा पनि यस्ता केन्द्र उपयोगमा आएको देखिएको छ ।

काठमाडौँमा बालेनको अग्रताले जन्माएका ४ प्रश्नहरू

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा धेरै परिणामहरू अनपेक्षित आएका छन् । कतिपय ठाउँमा स्वतन्त्र उम्मेदवारले मतगणना लीड गरिरहेका छन् भने कतिपय ठाउँमा दलहरूको वर्चस्व भत्किएको छ ।त्यस्तै काठमाडौं महानगरपालिकाको मतगणना रोचक बनिरहेको छ । लौरो चुनाव चिह्न लिएर स्वतन्त्र रूपमा मेयरमा लडेका बालेन शाहले मतगणनाको शुरूदेखि यो समाचार टिप्पणी लेख्दासम्म अग्रता कायम गरेका छन् । अग्रता मात्र होइन, अहिलेसम्म गणना गरिएका प्रत्येक वार्डमा उनले आफ्नो अग्रता बढाइरहेका छन् । बिहान ९ बजेसम्म उनले १० हजार २ सय ४१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मेयर उम्मेदवार ५ हजार ४ सय ५३ मतका साथ उनलाई निकै पछिबाट पछ्याइरहेका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंह अझै पछि छन् । ३ लाख २ सय ४२ मतदाता रहेको काठमाडौंमा त्यसको ६४ प्रतिशत मात्र मत खसेको थियो । पूरै मत गन्न केही दिन अरू थप लाग्ने भएका कारण अहिल्यै कसैले जित्छ/जित्दैन भन्न छिटो हुनेछ । तर बालेनले शुरूदेखि नै लिएको अग्रताले राजनीतिक वृत्तमा केही प्रश्नहरू जन्माइदिएको छ । परम्परागत दलकै नेता/कार्यकर्ताहरूले बालेनले मेयर जितेमा चलाउन नसक्नेदेखि, बालेन कहींबाट परिचालित भएको आरोपसमेत लगाइसकेका छन् । स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन जित्दा देश गैरदलीय बन्दै जाने जिकिर उनीहरूको छ । बालेनले लिएको अनपेक्षित अग्रताले जन्माएका ४ प्रश्नहरू : १. अग्रता लिएपनि बालेनले जित्नै सक्दैनन् बालेनका मुख्य तर कमजोर बन्दै गइरहेका प्रतिस्पर्धी एमालेका केशव स्थापितले बालेन तेस्रो हुने दाबी गरेका छन् । उनले शुरूमा अग्रता लिएपनि अन्तिममा आफैंले जित्ने र बालेन तेस्रो हुने भनेर सार्वजनिक अभिव्यक्ति नै दिएका थिए । तर मतगणनाको ट्रेन्ड हेर्दा त्यस्तो देखिदैन । अहिले १ देखि ६ सम्मका वडा र ३१ र ३२ वडाको मतगणना जारी छ । सबै वडामा २०७४ सालको निर्वाचनमा एमालेले जितेको थियो । यी वडाको मतगणनामा बालेनले स्थापितको भन्दा धेरै अन्तरमा मत ल्याइरहेका छन् । अर्थात मेयरमा एक भोट लौरो र वडामा सूर्यमा मत गइरहेको छ । काठमाडौँको भित्री बस्तीको मतगणना शुरू हुँदा बालेनले लिएको अग्रता घट्ने सम्भावना त देखिन्छ । तर एमाले र कांग्रेसकै मतदाताहरूले मेयरमा बालेनलाई चुनेको ट्रेन्ड देखिएकाले भित्री बस्तीको पनि कुनै भर छैन । २. जिते पनि काम गर्न सक्दैनन् !कथंकदाचित बालेनले मेयर जितेपनि उनले काम गर्न नसक्ने अर्को प्रश्न गर्ने गरिएको छ । उनी चर्चित नेपाली र्यापरका साथै म्युजिक कम्पोजर, गीत लेखक, निर्देशक र स्ट्रकचरल इन्जिनियरसमेत हुन् । उनले काम गर्न नसक्ने तर्कमा दुईवटा आधार दिने गरिएको छ । पहिलो त उनी गैरराजनीतिक व्यक्ति हुन्, मेयर हुन राजनीतिक पृष्ठभूमि र अनुभव चाहिन्छ । दोस्रो उनले मेयर जितेपनि नगरसभामा उनको पक्षमा एकजना पनि हुनेछैन । सबै वडा अध्यक्षहरू कांग्रेस या एमालेका हुनेछन् त्यसैले सहयोग पाउन गाह्रो छ । पहिलो आधारमा कुनै दम छैन । किनभने यसअघि काठमाडौंकै मेयर बनेर चर्चा कमाएका केशव स्थापित राजनीतिक व्यक्तित्व त थिए, तर अनुभवहीन थिए । तर उनले गरेका केही कामहरू अहिले पनि चर्चाको विषय बनिरहन्छन । दोस्रो आधारमा केही सत्यता भने छ । नेपालको संविधानले स्थानीय तह, प्रदेश र संघबीच सहकार्य हुनुपर्ने परिकल्पना गरेको छ । केन्द्र र प्रदेशमा दलको सरकार बन्ने तर स्थानीय तहमा स्वतन्त्रको नेतृत्व हुँदा सहकार्यमा असर पर्न सक्छ । अर्को नगरसभामा उनका तर्फबाट कोही प्रतिनिधित्व हुन्छन् या हुँदैनन् भन्ने कुराले भने निकै कम अर्थ राख्छ, किनभने मेयरको पद कार्यकारी पद हो । संघ र प्रदेशमा जस्तो बहुमत पुर्याएर प्रधानमन्त्री/मुख्यमन्त्रीलाई हटाउन सक्ने प्रावधान स्थानीय तहमा छैन ।३. के उनलाई राजावादी र हिन्दूवादीको समर्थन छ ?  दशकौं पत्रकारितामा बिताएर दाह्री जुँगा फुलाएका पत्रकार किशोर नेपालले एक अन्तर्वार्तामा लगाएको आरोप हो यो । तर बालेन यसअघि नै सार्वजनिक छबी बनाएका व्यक्तित्व थिए । उनको राजावादी र हिन्दूवादी रुझान यसअघि बाहिर आएको थिएन । यदि पत्रकार नेपालले लगाएको आरोपमा सत्यता हुन्थ्यो भने उनी यसअघि राजावादी अभियानमा सहभागी भएको देखिनुपर्थ्यो । देखिने गरेर बालेन हिन्दू सभा सम्मेलनमा उपस्थित पनि भएका छैनन् । उनले अहिलेसम्म आफ्नो स्वतन्त्र छबी कायम गर्न सफल देखिन्छन् । तर राजनीतिमा असम्भव भन्ने केही हुँदैन । तत्काललाई उनी कुनै दक्षिणपन्थी खेमाका प्रतिनिधि भएको देखिएको छैन तर मेयरको कार्यकारी पदमा आसिन भए भने उनलाई प्रभावित तुल्याउन सबै शक्तिकेन्द्रहरू लाग्नेछन् । त्यसपछि पुनः यो विषयमा बहस आवश्यक होला । ४. बालेनले मेयर लड्न करोडौं पैसा कहाँबाट ल्याए ?बालेनलाई सामाजिक सञ्जाल फेसबुकमा करीब ३० लाख लाइक भएको पेज रुटिन अफ नेपाल बन्दले सघाएको छ । उक्त पेजको एक एडमिनका अनुसार बालेनले मेयर लड्न पैसा खर्च गरेका छैनन् । 'परिवर्तन चाहनेहरूले स्वतःस्फूर्त रूपमा बालेनका पक्षमा आफैं खर्च गरिरहेका छन्,' उनले बिजपाटीसँग भने, 'अहिलेसम्म डेढ दुई लाख खर्च भएको होला प्रचारका लागि । त्यो आफैं जुटेको हो । बाँकी बालेनले व्यक्तिगत रूपमा गर्नुपर्ने खर्च आफैं गरेका छन् ।'जम्मा डेढ दुई लाख खर्चमा काठमाडौंको मेयर लड्ने कुरा पत्यारिलो लाग्दैन । तर करोडौं लाग्नैपर्छ भन्ने पनि छैन । उनले कति खर्च गरे भन्ने कुरा आयोगमा विवरण दिनुपर्ने कानूनी बाध्यता छ । तर मतदाता प्रभावित पार्न उनले खर्च गरेको कहीं कतै सुनिएको र देखिएको भने छैन ।

सलोनले सञ्चालनमा ल्याए लाउन्च एण्ड बार

काठमाडौं, ३० चैत्र । धेरै नेपाली कलाकारहरु पनि व्यवसायमा आवद्ध छन् । यसैक्रममा अभिनेता सलोन बस्नेतले पनि व्यवसाय सञ्चालनमा हात हालेका छन् । बस्नेतले साथी रविन कँडेलसँगको सहकार्यमा ललितपुरमा आसन लाउन्च एण्ड बार सञ्चालनमा ल्याएका हुन् । झम्सिखेलस्थित लाउन्चमा उनीहरुले करीब १ करोड रुपैयाँ भन्दा बढी लगानी गरेका छन् । लाउन्चमा प्रत्येक दिन लाइभ म्युजिक […]

किरण र नागेन्द्रले ल्याए ‘लौन के गरौँ’

साहित्यकार किरण पल्पसा र संगीतकार नागेन्द्र श्रेष्ठको सहकार्यमा गीत ‘लौन के गरौँ’ सार्वजनिक भएको छ । अमेरिकामा बसेर पनि नेपाली कला, साहित्य र संगीतको प्रवर्द्धनमा लागि परिरहेकी साहित्यकार किरणको यो गीतमा गायिका रचना रिमालको स्वर तथा राहुल प्रधानको संगीत  संयोजन छ ।  भिडियोमा सिरियल हल्का रमाइलोकी कलाकार इस्टु कार्की ‘नेप्टी’ र प्रवीण डिसीको रोमान्स देख्न सकिन्छ । भिडियोले एक प्रेमी जोडीको कहानी देखाउन खोजेको छ  । जसबहादुर याक्खाको निर्देशन रहेको भिडियोमा दी

राजनराज र वियोन्सेले ल्याए ‘ल्यासी पाउँ’

गायक तथा संगीतकार राजनराज शिवाकोटी र युगाण्डाकी गायिका वियोन्से फाम्सीको सहकार्यमा तयार ‘ल्यासी पाउँ’ बोलको गीत सार्वजनिक भएको छ

गालैको कोठी ल्याए सुमनले

गीतकार तथा पत्रकार सुमन बैरागी, संगीतकार भीम बिसी र गायिका रुचि घिमिरेको सहकार्यमा नयाँ डान्सिङगीत गालैको कोठीमा सार्वजनिक गरिएको छ। गालैको कोठीमा किनआँखालाको गीतलाई गायिका रुचि घिमिरेले स्वर भरेकी छन्। सुमधुर स्वरकी धनी गायिका घिमिरेको स्वरलाई जादुमयी बनाइदिएको छ। सुमन बैरागीको शब्दसिर्जना र भीम बिसीको संगीत सिर्जना रहेको गीतको संगीत संयोजन भने पुष्कर सुनुवारको रहेको […]

प्रेमा र हेमन्तले ल्याए पञ्चेबाजाको भिडियो

गायक हेमन्त कान्छा रसाइली र गायिका प्रेमा पुर्जाको स्वर रहेको पञ्चेबाजाको नयाँ गीत ‘मयालाई’को भिडियो सार्वजनिक भएको छ। म्याग्दीमा जन्मे हुर्केका गायक रसाइली र सङ्गीतकार प्रेमाको सहकार्यमा तयार सार्वजनिक गीतमा शब्द राजकुमार बगरको रहेको छ।