काठमाडौँमा बालेनको अग्रताले जन्माएका ४ प्रश्नहरू

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा धेरै परिणामहरू अनपेक्षित आएका छन् । कतिपय ठाउँमा स्वतन्त्र उम्मेदवारले मतगणना लीड गरिरहेका छन् भने कतिपय ठाउँमा दलहरूको वर्चस्व भत्किएको छ ।त्यस्तै काठमाडौं महानगरपालिकाको मतगणना रोचक बनिरहेको छ । लौरो चुनाव चिह्न लिएर स्वतन्त्र रूपमा मेयरमा लडेका बालेन शाहले मतगणनाको शुरूदेखि यो समाचार टिप्पणी लेख्दासम्म अग्रता कायम गरेका छन् । अग्रता मात्र होइन, अहिलेसम्म गणना गरिएका प्रत्येक वार्डमा उनले आफ्नो अग्रता बढाइरहेका छन् । बिहान ९ बजेसम्म उनले १० हजार २ सय ४१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मेयर उम्मेदवार ५ हजार ४ सय ५३ मतका साथ उनलाई निकै पछिबाट पछ्याइरहेका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंह अझै पछि छन् । ३ लाख २ सय ४२ मतदाता रहेको काठमाडौंमा त्यसको ६४ प्रतिशत मात्र मत खसेको थियो । पूरै मत गन्न केही दिन अरू थप लाग्ने भएका कारण अहिल्यै कसैले जित्छ/जित्दैन भन्न छिटो हुनेछ । तर बालेनले शुरूदेखि नै लिएको अग्रताले राजनीतिक वृत्तमा केही प्रश्नहरू जन्माइदिएको छ । परम्परागत दलकै नेता/कार्यकर्ताहरूले बालेनले मेयर जितेमा चलाउन नसक्नेदेखि, बालेन कहींबाट परिचालित भएको आरोपसमेत लगाइसकेका छन् । स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन जित्दा देश गैरदलीय बन्दै जाने जिकिर उनीहरूको छ । बालेनले लिएको अनपेक्षित अग्रताले जन्माएका ४ प्रश्नहरू : १. अग्रता लिएपनि बालेनले जित्नै सक्दैनन् बालेनका मुख्य तर कमजोर बन्दै गइरहेका प्रतिस्पर्धी एमालेका केशव स्थापितले बालेन तेस्रो हुने दाबी गरेका छन् । उनले शुरूमा अग्रता लिएपनि अन्तिममा आफैंले जित्ने र बालेन तेस्रो हुने भनेर सार्वजनिक अभिव्यक्ति नै दिएका थिए । तर मतगणनाको ट्रेन्ड हेर्दा त्यस्तो देखिदैन । अहिले १ देखि ६ सम्मका वडा र ३१ र ३२ वडाको मतगणना जारी छ । सबै वडामा २०७४ सालको निर्वाचनमा एमालेले जितेको थियो । यी वडाको मतगणनामा बालेनले स्थापितको भन्दा धेरै अन्तरमा मत ल्याइरहेका छन् । अर्थात मेयरमा एक भोट लौरो र वडामा सूर्यमा मत गइरहेको छ । काठमाडौँको भित्री बस्तीको मतगणना शुरू हुँदा बालेनले लिएको अग्रता घट्ने सम्भावना त देखिन्छ । तर एमाले र कांग्रेसकै मतदाताहरूले मेयरमा बालेनलाई चुनेको ट्रेन्ड देखिएकाले भित्री बस्तीको पनि कुनै भर छैन । २. जिते पनि काम गर्न सक्दैनन् !कथंकदाचित बालेनले मेयर जितेपनि उनले काम गर्न नसक्ने अर्को प्रश्न गर्ने गरिएको छ । उनी चर्चित नेपाली र्यापरका साथै म्युजिक कम्पोजर, गीत लेखक, निर्देशक र स्ट्रकचरल इन्जिनियरसमेत हुन् । उनले काम गर्न नसक्ने तर्कमा दुईवटा आधार दिने गरिएको छ । पहिलो त उनी गैरराजनीतिक व्यक्ति हुन्, मेयर हुन राजनीतिक पृष्ठभूमि र अनुभव चाहिन्छ । दोस्रो उनले मेयर जितेपनि नगरसभामा उनको पक्षमा एकजना पनि हुनेछैन । सबै वडा अध्यक्षहरू कांग्रेस या एमालेका हुनेछन् त्यसैले सहयोग पाउन गाह्रो छ । पहिलो आधारमा कुनै दम छैन । किनभने यसअघि काठमाडौंकै मेयर बनेर चर्चा कमाएका केशव स्थापित राजनीतिक व्यक्तित्व त थिए, तर अनुभवहीन थिए । तर उनले गरेका केही कामहरू अहिले पनि चर्चाको विषय बनिरहन्छन । दोस्रो आधारमा केही सत्यता भने छ । नेपालको संविधानले स्थानीय तह, प्रदेश र संघबीच सहकार्य हुनुपर्ने परिकल्पना गरेको छ । केन्द्र र प्रदेशमा दलको सरकार बन्ने तर स्थानीय तहमा स्वतन्त्रको नेतृत्व हुँदा सहकार्यमा असर पर्न सक्छ । अर्को नगरसभामा उनका तर्फबाट कोही प्रतिनिधित्व हुन्छन् या हुँदैनन् भन्ने कुराले भने निकै कम अर्थ राख्छ, किनभने मेयरको पद कार्यकारी पद हो । संघ र प्रदेशमा जस्तो बहुमत पुर्याएर प्रधानमन्त्री/मुख्यमन्त्रीलाई हटाउन सक्ने प्रावधान स्थानीय तहमा छैन ।३. के उनलाई राजावादी र हिन्दूवादीको समर्थन छ ?  दशकौं पत्रकारितामा बिताएर दाह्री जुँगा फुलाएका पत्रकार किशोर नेपालले एक अन्तर्वार्तामा लगाएको आरोप हो यो । तर बालेन यसअघि नै सार्वजनिक छबी बनाएका व्यक्तित्व थिए । उनको राजावादी र हिन्दूवादी रुझान यसअघि बाहिर आएको थिएन । यदि पत्रकार नेपालले लगाएको आरोपमा सत्यता हुन्थ्यो भने उनी यसअघि राजावादी अभियानमा सहभागी भएको देखिनुपर्थ्यो । देखिने गरेर बालेन हिन्दू सभा सम्मेलनमा उपस्थित पनि भएका छैनन् । उनले अहिलेसम्म आफ्नो स्वतन्त्र छबी कायम गर्न सफल देखिन्छन् । तर राजनीतिमा असम्भव भन्ने केही हुँदैन । तत्काललाई उनी कुनै दक्षिणपन्थी खेमाका प्रतिनिधि भएको देखिएको छैन तर मेयरको कार्यकारी पदमा आसिन भए भने उनलाई प्रभावित तुल्याउन सबै शक्तिकेन्द्रहरू लाग्नेछन् । त्यसपछि पुनः यो विषयमा बहस आवश्यक होला । ४. बालेनले मेयर लड्न करोडौं पैसा कहाँबाट ल्याए ?बालेनलाई सामाजिक सञ्जाल फेसबुकमा करीब ३० लाख लाइक भएको पेज रुटिन अफ नेपाल बन्दले सघाएको छ । उक्त पेजको एक एडमिनका अनुसार बालेनले मेयर लड्न पैसा खर्च गरेका छैनन् । 'परिवर्तन चाहनेहरूले स्वतःस्फूर्त रूपमा बालेनका पक्षमा आफैं खर्च गरिरहेका छन्,' उनले बिजपाटीसँग भने, 'अहिलेसम्म डेढ दुई लाख खर्च भएको होला प्रचारका लागि । त्यो आफैं जुटेको हो । बाँकी बालेनले व्यक्तिगत रूपमा गर्नुपर्ने खर्च आफैं गरेका छन् ।'जम्मा डेढ दुई लाख खर्चमा काठमाडौंको मेयर लड्ने कुरा पत्यारिलो लाग्दैन । तर करोडौं लाग्नैपर्छ भन्ने पनि छैन । उनले कति खर्च गरे भन्ने कुरा आयोगमा विवरण दिनुपर्ने कानूनी बाध्यता छ । तर मतदाता प्रभावित पार्न उनले खर्च गरेको कहीं कतै सुनिएको र देखिएको भने छैन ।    

सम्बन्धित सामग्री

काठमाडौँमा चिसो बढ्यो

काठमाडाैं । काठमाडौँमा दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ । आज यहाँको न्यूनतम तापक्रम पाँच दशमलव चार डिग्री सेल्सियसमा झरेको छ । काठमाडौँमा यस वर्षकै सबैभन्दा कम तापक्रम भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए । उनका अनुसार आइतबार काठमाडाैंको न्यूनतम तापक्रम छ डिग्री सेल्सियस थियो । न्यूनतम तापक्रम घट्न थालेसँगै चिसो बढ्दै गएको छ […] The post काठमाडौँमा चिसो बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौँमा चिसो बढ्यो

काठमाडौँ,२६ मँसिर । काठमाडौँमा दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ । आज यहाँको न्यूनतम तापक्रम पाँच दशमलव चार डिग्री सेल्सियसमा झरेको छ । काठमाडौँमा यस वर्षकै सबैभन्दा कम तापक्रम भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । उनका अनुसार आइतबार काठमाडौँको न्यूनतम तापक्रम छ डिग्री सेल्सियस थियो । न्यूनतम तापक्रम घट्न थालेसँगै चिसो बढ्दै गएको […]

काठमाडौँमा चिसो बढ्यो

काठमाडौँ– काठमाडौँमा दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ । आज यहाँको न्यूनतम तापक्रम पाँच दशमलव चार डिग्री सेल्सियसमा झरेको छ । काठमाडौँमा यस वर्षकै सबैभन्दा कम तापक्रम भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए । उनका अनुसार आइतबार काठमाडौँको न्यूनतम तापक्रम छ डिग्री सेल्सियस थियो । न्यूनतम तापक्रम घट्न थालेसँगै चिसो बढ्दै गएको छ । […]

काठमाडौँमा चिसो बढ्यो

काठमाडौँ – काठमाडौँमा दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ। आज यहाँको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियसमा झरेको छ। काठमाडौँमा आज यसवर्षकै सबैभन्दा कम तापक्रम भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। उनका अनुसार आइतबार काठमाडौँको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो। न्यूनतम तापक्रम घट्न थालेसँगै चिसो बढ्दै गएको छ। हिमाली जिल्लामा हिमपात भइरहेको र तराईका […]

काठमाडौँमा माओवादीका उम्मेदवार अस्वीकृत

काठमाडौँ – नेकपा माओवादी केन्द्र काठमाडौँमा थप कमजोर बनेको छ । २०७० को चुनावदेखि नै कमजार देखिएको माओवादी मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा काठमाडौँमा उम्मेदवारी दिएका सबै क्षेत्रमा पराजित भएको छ । काठमाडौँमा प्रतिनिधिसभाका १० मध्ये पाँच र प्रदेशसभाका २० मध्ये ६ क्षेत्रमा उम्मेदवारी दिएको माओवादीका उम्मेदवार सबै ठाउँमा पराजित भएका छन् […]

काठमाडौँमा पाँच हजार ७७९ सुरक्षाकर्मी परिचालन

मुलुकको संघीय राजधानी काठमाडौँमा निर्वाचनका लागि पाँच हजार सत सय ७९ सुरक्षाकर्मी परिचालन गरिएको छ।...

प्रवासी नेपाली मञ्चको पहिलो अधिवेशन काठमाडौँमा हुने

काठमाडौँ – प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको पहिलो अधिवेशन काठमाडौँमा हुने भएको छ। कमिटीले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी यही कार्तिक १९ र २० गते सो अधिवेशन गर्ने औपचारिक जानकारी गराएको हो। बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा अधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गर्ने पनि कमिटीका प्रचार विभाग प्रमुख प्रभुराम थापाले बताए। […]

काठमाडौँमा भुकम्पको धक्का

काठमाडौँ – काठमाडौँमा भुकम्पको धक्का महसुस भएको छ। बुधबार दिउँसो ३ बजेर ८ मिनेटमा भुकम्पको धक्का महसुस भएको हो।

काठमाडौँमा बिहानैदेखि वर्षा

काठमाडौँ । राजधानी काठमाडौँमा बिहानैदेखि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । उनका अनुसार काठमाडौँमा विगत तीन घण्टामा ४६ मिलीमिटर वर्षा मापन गरिएको छ । बारामा सबैभन्दा बढी एक सय १२ मिलीमिटर वर्षा भएको छ । ‘अहिले काठमाडौँ उपत्यका […]

काठमाडौँमा १०.७ मिलिमिटर वर्षा

पश्चिमी न्यून चापीय प्रणाली सक्रिय बनेसँगै देशभर वर्षा भएको छ । उच्च पहाडी र हिमाली भेगमा मात्र होइन काठमाडौँका डाँडामा पनि हिउँ परेको छ । बुधबार बिहान काठमाडौँमा १०.७ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । काठमाडौँमा मंगलबार वर्षा भएको थिएन ।कीर्तिपुर ११.४ मिलिमिटर वर्षा मापन भएको छ । अहिले पनि काठमाडौँमा फाट्टफुट्ट वर्षा भइरहेको छ । महाशाखाको ताजा विवरण अनुसार दिपालयमा १२, डडेलधुरामा १२.२ र धनगढीमा २ मिलिमिटर वर्षा भएको छ । त्यस्तै, सुर्खेतको वीरेन्द्रनगरमा ५, ने