कोरोना संक्रमण दर घट्दो क्रममा, विज्ञ भन्छन्–‘संक्रमण घटेजस्तो देखिए पनि जोखिम उत्तिकै’

पछिल्लो समयमा नेपालमा कोरोना संक्रमणको दर घट्दै गएको तथ्यांकहरुले देखाएका छन् । सोमबार भदौ २८ गतेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले परीक्षण संख्या अनुसार संक्रमित देखिने दर पर्सेन्ट पोजिटिभ रेट(पीपीआर) ८.९ प्रतिशत रहेको देखाएको छ । आइतबार भने सो संख्या ८.२७ प्रतिशत रहेको थियो ।

सम्बन्धित सामग्री

तेस्रो लहर मत्थर बन्दै, जनजीवन सामान्यीकरणतर्फ

काठमाडौं । कोरोनाको तेस्रो लहर सुरु भएयता शनिबार हालसम्मकै कम संक्रमण दर देखिएको छ । पछिल्लो तीन सातायता कोरोना संक्रमण दर घट्दो क्रममा छ । तर, मृत्युदर भने अझै स्थिर रहेको छ । शनिबार ७ हजार ९६ जनाको नमुना परीक्षण गर्दा ३ सय ५० जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्या कोरोनाको तेस्रो लहर […] The post तेस्रो लहर मत्थर बन्दै, जनजीवन सामान्यीकरणतर्फ appeared first on राजधानी राष्ट्रिय दैनिक.

तेस्रो लहर मत्थर बन्दै,जनजीवन सामान्यीकरणतर्फ

काठमाडौं । कोरोनाको तेस्रो लहर सुरु भएयता शनिबार हालसम्कै कम संक्रमण दर देखिएको छ । पछिल्लो ३ सातायता कोरोना संक्रमण दर घट्दो क्रममा छ । तर, मृत्यु दर भने अझै स्थिर रहेको छ ।शनिबार ७ हजार ९६ जनाको नमुना परीक्षण गर्दा ३ सय ५० जनामा संक्रमण देखिएको छ । यो संख्या कोरोनाको तेस्रो लहर सुरु […]

भारतमा कोरोना संक्रमण दर घट्दो क्रममा

काठमाडाै‌ । भारतमा गत २४ घण्टामा थप २५ हजार ९ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ४ सय ९२ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ६६ हजार २ सय ५४ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । अहिले भारतमा कुल ४ लाख […]

वायुसेवा सञ्चालक संघले भन्यो : हवाई यात्रामा पीसीआर तथा सीसीएमसी फारम हटाउ

फागुन ५, काठमाडौ। वायुसेवा सञ्चालक संघले विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण शुरु भएको अनिवार्य लागू गरिएको पीसीआर तथा सीसीएमसी फारम हटाउन माग गरेको छ।  विगत केही समययता विश्वभरि नै कोरोना संक्रमण दर निकै घट्दो क्रममा रहेको, स्वास्थ्य विशेषज्ञ तथा अनुसन्धानकर्ताहरुले समेत आउँदा दिनहरुमा कोरोनाको प्रभाव स्वतः कम हुँदै जाने आकलनसमेत गरेको तथा धेरै जसो मुलुकहरुले प्रतिवन्धलाई खुकुलो पारेको अवस्थामा नेपालले पनि सोहि अनुसार खुकुलो पार्दै जानुपर्ने ससंघले भनेको छ । अन्तरराष्ट्रिय संस्था आईएटिएले पनि पीसीआर टेष्ट, आईसोलेशनमा लाग्ने ठूलो खर्चलाई विस्थापित गरि खोपमा लगाउन आग्रह गरेको अवस्थामा नेपालले हवाई यात्रामा पीसीआर तथा सीसीएमसी फारम हटउन आग्रह गरेको हो । कोभिडका कारण पर्यटन क्षेत्र सबैभन्दा बढि प्रभावित भएको र अझ अन्यौल र अनिश्चिततामा रुमलिएको छ । महामारी रोकथामका लागि लगाईएका विभिन्न प्रतिवन्धका कारण विगत २ वर्षमा वाह्रय पर्यटकहरुको आगमनमा निकै ह्रास आएको छ । जसका कारण यस क्षेत्रमा आश्रित कतिपय व्यवसाय सदाका लागि बन्द हुने र दक्ष जनशक्तिहरु पनि पलायन हुने अवस्था रहेको संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

भारतमा कोरोना संक्रमण दर घट्दो क्रममा

एजेन्सी, २९ माघ। भारतमा पछिल्लो २४ घण्टामा थप ४८ हजार ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १ लाख २६ हजार जना कोरोना संक्रमित संक्रमण मुक्त भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । त्यस्तै,गत २४ घण्टामा भारतमा थप ८ सय ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा हाल […]

दशैंले चलायमान पर्यटन

बिहीवारदेखि यो वर्षको दशैं पर्व शुरू भएको छ । आफन्त, इष्टमित्र, घरपरिवारसँग बसेर रमाइलो गर्ने अवसर जुराइदिने यस पर्वले मुलुकको अर्थतन्त्रमा पनि उल्लेख्य टेवा पुर्‍याउँछ । अर्थतन्त्रका विभिन्न आयामसँग जोडिने यो पर्वले पर्यटन क्षेत्रमा पनि उत्तिकै महŒव राख्छ । वर्षभरमा सर्वाधिक बिदा हुने समय पनि दशैं नै हो । यसबेला परिवार, साथीसंगी विभिन्न गन्तव्यमा जान रुचाउँछन् । घमाइलो र रमाइलो सिजन अर्थात् पर्यटकीय सिजनको रूपमा लिइने अक्टोबर महीनामा दशैं पर्दा यसको महत्त्व अझ बढी हुनेगर्छ । मानिसहरू घुम्न निस्कने र विदेशी पर्यटक पनि नेपाल आउने उपयुक्त समय पनि यही भएकाले दशैंले पर्यटन क्षेत्रलाई समेत चलायमान बनाउँछ । सन् २०१९ देखि निरन्तर ओरालो लागेको मुलुकको पर्यटन सन् २०२१ मा उकालो लाग्ने आशाको किरण देखिएको छ । सन् २०२० को शुरूदेखि नै कोरोना भाइरस (कोभिड–१९) का कारण सबैभन्दा बढी थलिएको पर्यटन क्षेत्र अहिले विस्तारै लयमा फर्किने क्रममा छ । कोरोना संक्रमण दर घट्दो क्रममा रहेको, कोभिडविरुद्धको खोप र सरकारले हालै अनअराइभल भिसा खुला गर्नु तथा तुरुन्तै परेको दशैंका कारण पनि पर्यटन क्षेत्रमा आशाको किरण देखिन थालेको हो । मुलुकका प्रसिद्ध पर्यटकीय गन्तव्यका पर्यटन व्यवसायीले दशैंका कारण व्यवसायमा उत्साह देखा पर्न थालेको बताएका छन् । अहिले न्यूनतम १० प्रतिशतसम्म रहेको अकुपेन्सी दशैंसम्ममा औसतमा ४० प्रतिशतसम्म पुग्ने व्यवसायीहरूको अनुमान छ । आन्तरिक र भारतीय पर्यटकबाट पनि राम्रो बुकिङ भइरहेको उनीहरूको भनाइ छ । होटेल एशोसिएशन नेपाल (हान) चितवन च्याप्टरका अध्यक्ष दीपक भट्टराई दशैं पर्वका कारण निकै उत्साहित छन् । ‘अहिले आन्तरिक पर्यटक बढ्ने क्रम जारी छ,’ उनले भने, ‘आन्तरिक पर्यटकको बुकिङ पनि आएको छ र भारतीय पर्यटक पनि आउन शुरू गरेका छन् । साथै तेस्रो मुलुकबाट पनि छिटफुट रूपमा पर्यटक आएका छन् ।’ अहिले चितवन र सौराहाका होटेल ३० प्रतिशतसम्म बुकिङ भइसकेको उनी बताउँछन् । होटेल बुकिङ गर्नेहरूमा भारतीय बढी रहेका छन् । उनीहरूले बढीमा ३ दिनसम्मका लागि बुकिङ गरेको पाइन्छ । दशैंका लागि बुकिङ गर्नेहरूको क्रम बढेकाले पर्यटन क्षेत्रले लय समात्न लागेको हो कि भन्ने देखिएको छ । अहिले आन्तरिक पर्यटक आगमन करीब १५ प्रतिशतसम्म रहेको र दशैंसम्ममा ४५ प्रतिशतसम्म अकुपेन्सी पुग्ने सम्भावना रहेको भट्टराई बताउँछन् । यस्तै धारणा हान च्याप्टर पोखराका अध्यक्ष विकल तुलाचनको छ । दशैंको नजिकतिर आन्तरिक पर्यटन बढ्ने सम्भावना रहेको उनी बताउँछन् । कोभिडको समयमा १० प्रतिशतमा रहेको अकुपेन्सी दशैं नजिकिँदै गर्दा ३५ प्रतिशतसम्म पुग्ने आकलन गरिएको उनको भनाइ छ । सरकारले भर्खरै बाह्य पर्यटकका लागि नेपाल आवागमन सहज बनाएकाले तत्काल दोस्रो तथा तेस्रो मुलुकका पर्यटक आउने सम्भावना कम छ । त्यसकारण पनि अहिले व्यवसायीहरू आन्तरिक पर्यटकमा नै भर परेका छन् । आन्तरिक पर्यटकबाट नै दशैंमा पर्यटन क्षेत्रमा चलहपहल हुने आशामा व्यवसायी छन् । चाडपर्वको समयमा आन्तरिक पर्यटकको घुम्ने बानी, बुकिङको अवस्था र चासोले पनि व्यवसायीहरू उत्साहित देखिएका हुन् । यो सब कोभिडविरुद्धको खोप र आवतजावतमा खुकुलो नीतिका कारण नै सम्भव भएको छ । पोखराका होटेलको अकुपेन्सी अहिले न्यून नै रहेको तुलाचन बताउँछन् । चाडपर्वको समय भएकाले दशैंतिहारसम्ममा अकुपेन्सी बढ्ने अपेक्षा रहेको उनको भनाइ छ । पर्यटकीय याम भए पनि विदेशी पर्यटक आउने सम्भावना कम छ । सरकारले ढिलो गरी विदेशी पर्यटक आगमन नीति खुला गरेकाले नेपाल आउने पर्यटक पनि आउनबाट वञ्चित भएको उनको भनाइ छ । यस्तै काठमाडौं उपत्यकाबाट नजिकको गन्तव्य मानिने नगरकोट, धुलिखेलमा पनि दशैंले उत्साह थपेको छ । धुलिखेलका होटेल व्यवसायी प्रेमकण्ठ श्रेष्ठले दशैंका लागि ३० प्रतिशतसम्म बुकिङ भइसकेको बताए । अबको सोमवारसम्म लगभग होटेलहरू भरिने सम्भावना रहेको उनको भनाइ छ । २/३ महीना अघिदेखि नै पर्यटनमा राम्रो संकेत देखापरेको बताउने श्रेष्ठ ‘धेरै मानिसले खोप लगाइसकेको र व्यवसायीहरूले पनि खोप लगाएकाले पर्यटनमा सकारात्मक किरण देखिएको छ,’ भन्छन् । यद्यपि विदेशी पर्यटकभन्दा आन्तरिक पर्यटक नै बढी आइरहेको र बुकिङ पनि उनीहरूबाटै बढी भइरहेको उनी बताउँछन् । यसैगरी एयरलाइन्स कम्पनीहरूले पनि दशैं अफ नै भनेर घोषणा नगरे पनि विभिन्न सस्तो प्याकेज ल्याएका छन् । दशैंका लागि हालसम्म ७० प्रतिशत बुकिङ भइसकेको बताउने एयरलाइन्स कम्पनीहरूले प्रसिद्ध गन्तव्यका लागि सस्तो प्याकेज ल्याएका हुन् । त्यसमध्ये बुद्ध एयर एउटा हो । आन्तरिक गन्तव्य पोखराका लागि बुद्धले रू. ८ हजारको २ रात ३ दिनको प्याकेज ल्याएको छ । दशैं अफर नै नभने पनि असोज २५ गते मनाउने गरेको आफ्नो २४औं वार्षिकोत्सवको अवसर पारेर सस्तो प्याकेज ल्याएको छ । यसअन्तर्गत रू. ७ हजार ९९९ मा काठमाडौं–पोेखरा उडानमा २ रात ३ दिनसम्म पोखरामा बसेर घुम्न पाइन्छ । यस्तै बुद्ध होलिडेले भैरहवा–पोखरा रू. ८ हजार ९९९, नेपालगञ्जबाट पोखराका लागि रू. १० हजार ९९९ र सिमरा–पोखराका लागि रू.९ हजार ९९९ को प्याकेज ल्याएको छ । यसले पनि पर्यटकीय गन्तव्य पोखरामा आन्तरिक पर्यटकहरू पुग्ने विश्वास गर्न सकिन्छ । बुद्ध एयरका अनुसार अधिकांशको रोजाइ पोखरा नै पर्ने गरेको छ । नेपालमा घुम्न लागि सुगम र रमणीय गन्तव्यको रूपमा काठमाडौं उपत्यका, पोखरा, चितवन, नगरकोट, लुम्बिनी, धुलिखेल जस्ता पर्यकीय गन्तव्य त छँदै छन्, त्यसबाहेक पर्वतारोहण र ट्रेकिङ पदयात्राका लागि मनास्लु, मुस्ताङ, हुम्ला, तत्लो डोल्पा, कञ्चजंगा, माथिल्लो डोल्पा प्रसिद्ध गन्तव्य मानिन्छन् । नेपाल पर्यटन तथ्यांक २०२० अनुसार नेपालमा सर्वाधिक पर्यटक आएको वर्षका रूपमा सन् २०१९ लाई लिइन्छ । यस वर्ष ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल घुम्न आएका थिए । पर्यटक नेपाल आउने प्रमुख देशमा भारत, चीन, अमेरिका, बेलायत, श्रीलंका, म्यान्मा र थाइल्यान्ड हुन् । खासगरी सन् २०१९ मा बिदा मनाउन ७ लाख ७८ हजार १७३ जना पर्यटक आउँदा सन् २०२० मा भने यो संख्या १ लाख ३९ हजार २०२ मा झरेको थियो । सन् २०१९ मा धार्मिक पर्यटक १ लाख ९७ हजार ७८६ आएका थिए भने सन् २०२० मा २८ हजार ५३० आएका थिए । यस्तै ट्रेकिङ तथा पर्वतारोहणका लागि सन् २०१९ मा १ लाख ७१ हजार ९३७ पर्यटक आएकोमा सन् २०२० मा यो संख्या ३५ हजार ८९३ रहेको थियो । नेपालको पर्यटन पुरानै अवस्थामा फर्कन अझै केही वर्ष कुर्नुपर्ने देखिन्छ । सन् २०२१ को सेप्टेम्बरसम्म जम्मा ७६ हजार ८६४ विदेशी पर्यटक नेपालमा आएका छन् । यो संख्या हेर्दा सन् २०२१ मा पनि नेपालमा पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने सम्भावना देखिँदैन । आन्तरिक पर्यटक र चाडपर्वको अवसरले नेपाली पर्यटन क्षेत्र भरथेग भई विस्तारै लयमा फर्कनसक्ने अवस्था भने विद्यमान छ ।

संक्रमणको दर घट्यो, अब आम रुपमा लकडाउन खुलाउनुपर्छ : डा. पाण्डे (भिडिओसहित)

काठमाडौं, २९ जेठ । डा. रवीन्द्र पाण्डेले पछिल्लो समय कोरोना संक्रमण दर घट्दो क्रममा रहेको बताएका छन् । उनले अहिले मृत्युदर घटेको र अस्पतालमा विरामीहरुको चापपनि कम भएको सुनाए । उनले अहिले अप्ठ्यारो चाहीँ शहरभन्दापनि गाउँमा संक्रमण बढेको सुनाए । यसको लागि सरकारले परीक्षणको दरलाई बढाउनुपर्नेमा जोड दिए । लकडाउन लगाउनुको प्रमुख कारण भनेको नै […]

भारतमा कोरोना संक्रमण ग्राफ फेरि बढ्दै

भारतमा मध्य सेप्टेम्बरमा कोभिड-१९ संक्रमण दर घट्दो क्रममा थियो। तर पछिल्लो हप्ता भने कोरोना संक्रमण दर बढ्न थालेको छ। नभेम्बर शुरु भएयता ८ तारिखसम्ममा यहाँ थप ३ लाख २५ हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ। यसैगरी संक्रमितको मृत्यु दर पनि उकालोतिर छ। पछिल्लो हप्ता कोरोना संक्रमणका कारण