वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) । नेपाल र भारततर्फ समान संरचनामा निर्मित यो पूर्वाधार सञ्चालनको साढे ३ वर्ष नबित्दै नेपालको बढ्दो बैदेशिक व्यापार व्यवस्थापनका लागि साँघुरो भइसकेको छ । आयातित मालबस्तु, खासगरी ओपेन डस्टी कार्गोका लागि ठाउँ उपलब्ध नहुँदा समस्या उत्पन्न भएको नेपाल इन्टरमोडेल यातायात विकास समितिले बताएको छ ।
आईसीपी र सुक्खा बन्दरगाह बीचको ६२ बीघा जग्गा अधिग्रहण गरेर क्षेत्रफल विस्तारको योजना ६ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । आईसीपी र बन्दरगाह भन्सारलाई आपसमा गाभ्ने योजना पनि अलमलमा परेको छ । तस्वीर : ओमप्रकाश खनाल/ आर्थिक अभियान