फास्ट ट्रयाकको फलाम चोर्ने ४ युवा प्रहरी नियन्त्रणमा

निजगढ–काठमाडौं फास्टट्रयाक निर्माणको लागि राखिएको निर्माण सामग्री चोरी गर्ने चार जना युवालाई मकवानपुर प्रहरीले सामान सहित पक्राउ गरेको छ । मकवानपुरको बकैया गाउँपालिका–१२ जीतपुर भञ्ज्याङमा फास्टट्रयाक निर्माणका लागि राखिएका फलामका सामान चोरेर बिक्री गर्न लैजादै गर्दा प्रहरीले चारजना युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–२ का ३३ वर्षीय इन्द्रबहादुर बि.क, बकैया गाउँपालिका–१२ कोलखोपका २२ वर्षीय अबिरल घलान, २४ वर्षीय दिनेश लामा बम्जन र ३२ वर्षीय नारायणबहादुर मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार फलामको सामन करिब एक मेट्रिकटन भन्दा बढी रहेको प्रहरीले बताएको छ । चोरी गरिएका फलामका सामन ना ५ ख १४४३ नम्बरको बोलेरो गाडीमा बिक्री गर्न लैजाँदै गरेको अवस्थामा अस्थाई प्रहरी पोष्ट जीतपुरका प्रहरीले नियन्त्रणमा लिएको हो ।शुक्रबार बिहान १ः३० बजे (मध्यरातमा) बोलेरो गाडीलाई अगाडि बाटो देखाउँदै हिडेको बा ५५ च ८५०२ नम्बरको मोटरसाईकललाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ । प्रहरीले बोलेरो, मोटरसाईकल र चोरीमा संलग्न ४ जना युवालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित सामग्री

कुटपिटमा संलग्न ३ युवा प्रहरी नियन्त्रणमा

एकापसमा कुटपिटमा संलग्न ३ युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार बेलुकी रोल्पा नगरपालिका-२ बिचबजारमा कुटपिटमा संलग्न ३ युवालाई नियन्त्रणमा लिइएको रोल्पाका प्रहरी प्रमुख डिएसपी श्याम सारु मगरले बताए।

सप्तरीका एक युवा लागुऔषधसहित प्रहरी नियन्त्रणमा

काठमाडौं : लागुऔषधसहित सप्तरीका एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।सप्तरीको बोदेबरसाइन नगरपालिका-९ देउरी बस्ने १९ वर्षीय शंकर यादव लागुऔषधसहित पक्राउ परेको सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।उनका अनुसार यादवले आफ्नै घरमा लागुऔषध नाइट्राभेट ट्याबलेट १२ सय ५० पिस र डाइजेपाम, फेनार्गन र नुर्फिन नामक इन्जेक्सनहरू ७५०/७५० एम्पुल लुकाएर राखेको अवस्थामा फेला पारेको हो। यादवमाथि लागुऔषध मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चक्कु प्रहार गरी हत्या गर्ने महेन्द्र प्रहरी नियन्त्रणमा

मोतीराम तिमल्सिना, काभ्रे । युवालाई सामान्य खानपानका विषयमा विवाद हुँदा चक्कु प्रहार गरी फरार हुने एक युवा पक्राउ परेका छन् । चक्कु प्रहारबाट उपचारका क्रममा घाईते किसन पहरीको निधन भएको थियो । भदौ २० गते साँझको उक्त घटनामा प्रत्यक्षदर्शीको बयानका आधारमा प्रहरीले अनुसन्धान शुरु गरेको थियो । पनौती नगरपालिका वडा नम्वर ७ स्थित भिम बहादुर […]

दिपक मनाङ्गेका भाई लागुऔषधसहित प्रहरी नियन्त्रणमा

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दिपक मनाङ्गे (राजिव गुरूङ)का भाइ कोर्तो गुरूङ, अनुप श्रेष्ठ र अम्रिता खड्कालाई ललितपुर प्रहरीले लागुऔषधसहित  पक्राउ गरेको छ ।  ललितपुर महानगरपालिका कुमारीपाटीबाट पक्राउ परेका उनीहरू अहिले ...

गरगहना चोरेर भागेका एक युवा प्रहरी नियन्त्रणमा

चन्दननाथ नगरपालिका ६ छिना गाउँमा दुर्गादेवी रावलको घरमा राखिएको गरगहना चोर्ने पारस मल्ललाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार उनी मुगु जिल्ला खत्याड गाउँपालिका ११ का बासिन्दा हुन्।

बस लिएर काफल खान गएका युवा प्रहरी नियन्त्रणमा

६ जेठ, गोरखा । लकडाउनको समयमा बस रिजर्भ गरेर काफल खान गाएका ३० जना युवाहरूलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ । सिरानचोक गाउँपालिका-४ छोप्राकको मैदानबाट गाडी लिएर उनीहरू वडानम्बर २ नयाँबजार नजिकैको जंगलमा गएका थिए । विशेष …

बागलुङमा साढे २२ केजी लागुऔषध सहित एक युवा प्रहरी नियन्त्रणमा - Naya Patrika

जिल्लाको बडिगाड गाउँपालिका—२ हाडिखोला बजारमा साढे २२ केजी लागुऔषध सहित एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी खर्वाङबाट प्रहरी हवल्दार टेकबहादुर प्रजाको कमाण्डमा गएको प्रहरीको टोलीले गलकोट नगरपालिका—१०...पूरा पढ्नुहोस् »