काठमाण्डौ – नेपालले हवाई सुरक्षा परिपालनादर विश्वव्यापी भन्दा माथि अर्थात् ७० दशमलव एक प्रतिशत प्राप्त गरेको छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन सङ्गठन (आइकाओ) को अन्तिम अडिट प्रतिवेदन अनुसार नेपालले ७० दशमलव एक प्रतिशत प्राप्त गरेको हो ।
आइकाओको यो प्रतिवेदन नेपाल नागरिक उड्ड्यन प्राधिकरणले सार्वजनिक गरेको हो । नेपालले प्राप्त गरेको यो स्कोर ग्लोबल एभरेजभन्दा माथि हो ।
प्राधिकरणका अनुसार एसिया प्रशान्त क्षेत्रको उड्ड्यन सुरक्षादर ६४ दशमलव पाँच र विश्वव्यापी सुरक्षादर ६७ प्रतिशत रहेको छ ।
देशको हवाई क्षेत्रमा प्राप्त यो उप...