विद्युत् प्राधिकरणमा अवकाशको २ दिनअघि बढुवा उपहार

२८ मंसिर, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत २४ कात्तिकमा १२ औं तह अर्थात् उपकार्यकारी निर्देशकमा बढुवाका लागि सूचना निकाल्यो । एक सिटको लागि सूचना प्रकाशित हुनासाथ प्राधिकरणका धेरै कर्मचारीले अनुमान गरेका थिए, ‘अब विद्युत् व्यापार विभागको निर्देशक (११औं तह)मा रहेका प्रबल अधिकारी बढुवा भएर मात्रै सेवाबाट विदा हुने भए ।’ कर्मचारीहरुको अनुमान ठ्याक्कै मिल्यो […]

सम्बन्धित सामग्री

प्रचण्ड र नेपालको साथ छाडेर ओलीतिर लागेका ४ सांसदलाई मन्त्री उपहार !

काठमाडौं । प्रदेश नं १ को मन्त्रिमण्डलमा दुई मन्त्री र दुई राज्यमन्त्री गरी चार जना थपिएका छन् । शुक्रबार मुख्यमन्त्री शेरधन राईले चार जना थप गर्दै मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको हो । पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको साथ छोडेर एमाले अध्यक्ष केपी ओलीको पक्षमा लागेका चार जना सांसदलाई मन्त्री पदमा नियुक्त गरिएको हो । मुख्यमन्त्री राईले माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका टंक आङ्बुहाङलाई आर्थिक मामिला, नेपाल–खनाल समूह छाडेर ओली समूहमा लागेकी उषाकला राईलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गर्नुभएको छ । त्यस्तै कला घले कृषि राज्यमन्त्री र राजकुमार ओझा वन राज्यमन्त्री नियुक्त भएका छन् भने भौतिक पूर्वाधार विकास मन्त्रालयका राज्यमन्त्री अम्बिरबाबु गुरुङ र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर मन्त्रीमा बढुवा हुनुभएको छ । मगर यसअघि नेपाल पक्षमा भए पनि पुस ५ गतेपछि ओली समूहमा लाग्नुभएको थियो । योसँगै प्रदेश १ को मन्त्रिमण्डल ९ सदस्यीय बन्नु पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड र नेपाल पक्षका मन्त्रीहरुले राजीनामा दिएका थिए। तत्कालीन नेकपाका ३७ जना प्रदेशसभा सदस्यले गत पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । बुधबार बसेको एमाले प्रदेश १ संसदीय दलको बैठकले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने एमालेका सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन एक हप्ताको समय दिएको थियो ।