बन्दिपुरकी एक महिला छोरीसहित एकसातादेखि बेपत्ता

तनहुँ : तनहुँको बन्दिपुर गाउँपालिका– ३ राम कोटकी १९ वर्षीया विष्णु आले दुई वर्षको छोरीसहित एक सातादेखि हराएकी छन्।  मङ्सिर १५ गते  देखि आले सम्पर्कमा नआएको परिवारले जनाएका छन्।  बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारमा होटेलमा भाडा माझ्ने काममा जान्छु भनी हिँडेको र त्यसपछि सम्पर्कमा नआएको आलेको श्रीमान् इन्द्रबहादुर आलेले बताए। सोही दिन दिउँसोको १ बजे बन्दीपुर– १, नाहालाबाट बस चढेको र  आफन्तजनहरूसँग सम्पर्क गर्दा पनि फेला पार्न नसिकिएको आलेले बताए। 

सम्बन्धित सामग्री

बाजुरामा खोलाले बगाउँदा एक महिला बेपत्ता

बाजुरा, साउन ३० । बाजुरामा खोलाले बगाएर एक महिला बेपत्ता भएकी छन्। जिल्लाको मुक्तिकोटमा ती महिला बेपत्ता भएकी हुन्। स्वामिकार्तिकखापर गाउँपालिका–१ मुक्तिकोटकी ६५ वर्षीया गुवा बिक सोमबार दिउँसो बेपत्ता भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कोल्टीबाट घर फर्किने क्रममा सोही ठाउँको रोडी खोला तर्ने क्रममा गुवालाई बगाएको हो। प्रहरी चौकी जुड्डी र अस्थायी प्रहरी पोष्ट […]

बाजुरामा खोलाले बगाउँदा महिला बेपत्ता

बाजुरा – बाजुरामा खोलाले बगाएर एक महिला बेपत्ता भएकी छन्। जिल्लाको मुक्तिकोटमा ती महिला बेपत्ता भएकी हुन्। स्वामिकार्तिकखापर गाउँपालिका–१ मुक्तिकोटका प्रसाने बिककी ६५ वर्षीया पत्नि गुवा बिक सोमबार दिउँसो बेपत्ता भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कोल्टीबाट घर फर्किने क्रममा सोही ठाउँको रोडी खोला तर्ने क्रममा गुवालाई बगाएको हो। प्रहरी चौकी जुड्डी र अस्थायी प्रहरी […]

तीन दिनदेखि बेपत्ता महिला अझै भेटिइनन्, श्रीमान् पक्राउ

मुगु जिल्लामा एक महिला तीन दिनदेखि बेपत्ता भएकी छिन् । मुगुको खत्याड गाउँपालिका– ८, रिगागाउँकी २४ वर्षीया रमना गिरी यही कात्तिक २१ गतेदेखि आफ्नो घरबाटै बेपत्ता भएकी हुन् ।

अछाममा खोलाले बगाउँदा एक महिला बेपत्ता

अछाममा खोलाले बगाउदा एक महिला बेपत्ता भएकी छन्। मंगलसेन नगरपालिका–११ खिमाडा गिटीखौला टोलकी ४४ वर्षीया सरस्वती रावललाई खोलाले बगाएको हो। जिल्लाको बयालपाटाबाट घर फर्किने क्रममा दिउँसो साढे दुई बजेपछि उनलाई मंगलसेन–९...

यार्सागुम्बा संकलनको क्रममा एक महिला बेपत्ता

बझाङ । बझाङमा यार्सागुम्बा संकलनको क्रममा हिमपहिरोमा परी एक महिला बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा जिल्लाको सुर्मा गाउँपालिका–१ नाउलाकी ३५ वर्षीया सिन्की बोहरा रहेकी छन् । राति करिब १२ बजे धनसेरा भन्ने ठाउँमा टेन्टमा सुतिरहेका बेला माथिबाट खसेको हिमपहिरोमा परी बोहरा बेपत्ता भएकी हुन् । उनीसँग रहेका अरु भने भागेर बाँच्न सफल भएका छन् […]

भेरीमा एक महिला बेपत्ता

सुर्खेत । सुर्खेतकी एक महिला भेरी नदीमा बेपत्ता भएकी छन् । वीरेन्द्रनगर नगरपालिका–११, स्थित भेरीको पुलबाट एक जना महिला नदीमा हाम फालेको बताइएको छ । भेरी नदीको किनारमा कपडा, मोबाइल र चेकलगायतका सामान भेटिएको छ । तर ती महिलाको पहिचान भने खुलेको छैनन् । स्रोतका अनुसार अहिले इलाका प्रहरी कार्यालय छिन्चुको टोली घटनास्थलमा पुगेको छ […]

पत्रेखोलाले बगाउँदा एक महिला बेपत्ता

दाङको पत्रेखोलाले बगाउँदा एक महिला आज दिउँसोदेखि बेपत्ता भएकी छिन् । पत्रेखोला तर्ने क्रममा बेपत्ता भएकी उनी घोराही ११ निवासी हुन् । उनको अन्य परिचय खुल्न सकेको छैन । घोरोही–११ को जितपुरबाट सिउपुर जानका लागि सिउपुर नजिकैबाट खोला तर्ने क्रममा खोलाले बगाएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार प्रहरी तथा स्थानीय टोलीले खोजी कार्य जारी राखेको छ । आज पत्रेखोलामा पानीको बहाब पनि यस वर्षकै उच्च छ । प्रहरीका अनुसार आज दिउँसोदेखि घोराही&

पत्रेखोलाले बगाउँदा एक महिला बेपत्ता

तुलसीपर । दाङको पत्रेखोलाले बगाउँदा एक महिला आज दिउँसोदेखि बेपत्ता भएकी छिन् । पत्रेखोला तर्ने क्रममा बेपत्ता भएकी उनी घोराही ११ निवासी हुन् । उनको अन्य परिचय खुल्न सकेको छैन । घोरोही–११ को जितपुरबाट सिउपुर जानका लागि सिउपुर नजिकैबाट खोला तर्ने क्रममा खोलाले बगाएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक […]

बाजुरामा खोलाले ल्याएका दाउरा टिप्न खोज्दा बगेर महिला बेपत्ता

बाजुराको बूढीनन्दा नगरपालिकामा खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा सोही नगरपालिका–३ लौठा रूखकी अन्दाजी ३६ वर्षीया मोतीकला लोहार रहेकी छन्

१० वर्षमा ९६६ महिला बेपत्ता

माइती नेपालको मोरङस्थित कार्यालयमा पछिल्लो १० वर्षमा ९६६ महिला बेपत्ता भएको निवेदन दर्ता भएको छ