तीन दिनदेखि बेपत्ता महिला अझै भेटिइनन्, श्रीमान् पक्राउ

मुगु जिल्लामा एक महिला तीन दिनदेखि बेपत्ता भएकी छिन् । मुगुको खत्याड गाउँपालिका– ८, रिगागाउँकी २४ वर्षीया रमना गिरी यही कात्तिक २१ गतेदेखि आफ्नो घरबाटै बेपत्ता भएकी हुन् ।