स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई आफ्नो शय्याको २० प्रतिशत कोभिड–१९ सङ्क्रमित बालबालिकाको उपचारका लागि छुट्याउन आग्रह गरेको छ । मन्त्रालयका गुणस्तरमापन तथा अनुगमन महाशाखा प्रमुख डा मदनकुमार उपाध्यायले सूचना जारी गर्दै सरकारी, निजी, सामुदायिक र सहकारी अस्पताललाई २० प्रतिशत बालबालिकाका लागि कोभिड–१९ शय्या छुट्याउन आग्रह गर्नुभएको हो । “सङ्क्रमणको दोस्रो लहर जस्तै पुनः तेस्रो …