काठमाडौं : कोरोना संक्रमण नियन्त्रण तथा संक्रमितको उपचारका लागि भन्दै ल्याइएको ६४९ स्थानीय तहका कोभिड-१९ अस्थायी अस्पतालमा कार्यरत चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीले साउन १ गतेदेखि पारिश्रमिक नपाउने भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिव देवकुमारी गुरागाई र सचिव डा. रोशन पोख्रेलको उपस्थितिमा बिहीबार मन्त्रालयमा भएको बैठकले साउन १ गतेबाट ६४९ स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीलाई साउन १ गतेदेखि तलब नदिने निर्णय गरेको हो।तर काठमाडौं उपत्यकामा कोरोनाको उपचार गर्न तोकिएका शुक्रराज