कञ्चनपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

कञ्चनपुर जिल्लालाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले जिल्लालाई एक समारोहका बीच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन् । घोषणा कार्यक्रममा उनले सबै बालबालिकालाई खोपको सुनिश्चितता गरिएको बताए । स्वास्थ्यमा सबैको पहुँच अभिवृद्धिका लागि कार्यक्रम अगाडि बढाइएको उनको भनाइ थियो । कार्यक्रममा स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले गत वर्षदेखि नै जिल्लालाई पूर्णखोप सुनिश्चितताका लागि कार्य

सम्बन्धित सामग्री

कञ्चनपुरमा एक लाख ९७ हजारभन्दा बढीले लगाए कोरोना विरुद्धको पूर्ण खोप

पुस २३, कञ्चनपुर । कञ्चनपुरमा कोरोनाविरुद्धको पूर्ण खोपको मात्रा लगाउनेका संख्या एक लाख ९७ हजार २३३ पुगेको छ ।  स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत जनक कुँवरका अनुसार कोभिसिल्ड र अस्त्रजेनेकाको पूर्ण मात्रा लगाउनेको संख्या ३४ हजार ३६२, भेरोसेलको पूर्ण मात्रा लगाउनेको संख्या एक लाख ३२ हजार ३९ रहेको छ । जोन्सन एन्ड जोन्सन खोप लगाउनेको संख्या २७ हजार ४००  छ । कोभिसिल्ड र अस्त्रजेनेकाको पहिलो मात्रा ५१ हजार १०३ जनाले लगाएका छन् । यसैगरी, भेरोसेलको पहिलो मात्रा खोप एक लाख ८४ हजार ८९८ जनाले लगाएका छन् । १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई ६३ हजार ७३७ मोर्डना खोपको पहिलो मात्रा दिइएको छ । खोपको पहिलो मात्रा लगाउनेको संख्या ८६ दशमलव ६० र दोस्रो मात्रा खोप लगाउनेको संख्या ६५ प्रतिशत छ । बिहीवार मात्रै १५ हजार २०० जनालाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइएको छ । ‘माघ महीनादेखि नियमित रुपमा अन्य खोप जस्तै कोरोनाविरुद्धको खोप लगाउने तयारी भइरहेको छ,’ अधिकृत कुवँरले भने, ‘बिदाको दिनबाहेक हप्ताको ६ ओटै  दिन पालिकामार्फत खोप लगाउनका लागि योजना बनाउँदैछौँ ।’ कोरोनाविरुद्धको खोप लगाउनबाट कोही नछुटून् भन्ने उद्देश्य लिएर कार्य अगाडि बढाइँदै आएको उनले बताए । ‘तत्कालै एक लाख भेरोसेल खोप लगाउनका लागि कार्य अगाडि बढाई सकिएका छौँ,’ उनले भने, ‘अपुग भएको खोप आवश्यकताअनुसार कैलालीको धनगढीस्थित आपूर्ति केन्द्रबाट ल्याउने व्यवस्था गरिएको छ ।’ भारतबाट नेपाल भित्रिने नेपालीलाई सीमा नाका गड्डाचौकीमै समेत कोरोनाविरुद्धको पहिलो मात्रा लगाउने व्यवस्था गरिएको छ । दोस्रो मात्रा सम्बन्धित पालिकामा गएर लगाउने व्यवस्था गरिएको छ । रासस

सुदूरपश्चिमका आठ ओटा जिल्ला ‘पूर्ण खोप सुनिश्चित’ घोषणा

वैशाख १८, बैतडी । बैतडीसहित सुदूरपश्चिमका आठ जिल्ला ‘पूर्ण खोप सुनिश्चितता तथा दिपोपना’ जिल्ला घोषणा भएका छन् । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ प्रदेशका आठ ओटा जिल्लालाई सो घोषणा गरिएको हो । प्रदेशको कैलालीबाहेकका अन्य आठ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा भइसकेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिए ।  बैतडी, दार्चुला, बझाङ, डोटी, डडेल्धुरा, बाजुरा, अछाम र कञ्चनपुर पूर्ण खोप सुनिश्चितता घोषणा भइसकेका छन् । कैलालीलाई पनि छिट्टै पूर्ण खोप सुनिश्चितता घोषणा गर्छौैँ’, उनले भने, ‘कैलालीलाई पनि पूर्ण खोप सुनिश्चितता घोषणाको तयारीमै छौँ, बढ्दो कोरोना संक्रमणका कारण प्रभावित भएको छ ।’  नेपाल सरकारले जारी गरेको पूर्ण खोप सुनिश्चितता निर्देशिका तेस्रो संशोधन २०७७ अनुसार जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिने गरिएका छन् । बालबालिकालाई १२ थरिका खोप तालिकाअनुसार नियमित लगाइएको मापदण्ड पूरा गरेपछि यहाँका आठ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । बच्चा जन्मेदेखि १५ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाउने र छुटेका अन्य १६ देखि २३ महिना उमेर समूहका खोज्दै जिल्लाको समय तालिकाअनुसार खोपको मात्रा पुर्‍याइसकेपछि मात्र जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिने गरिन्छ । रासस

‘सिटी स्क्यान मेसिन किन्न बजेट थप्छु’

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले महाकाली प्रादेशिक अस्पतालका लागि सिटी स्क्यान मेसिन किन्न बजेट थप गरिने बताउनुभएको छ। कञ्चनपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्दै उहाँले मङ्गलबार सो कुरा बताउनुभएको हो। “अस्पताललाई बजेट केही कम परेको रहेछ, त्यसमा म थप गर्ने छु,” उहाँले भन्नुभयो, “पछिल्लो समय खोपमा हामीले धेरै प्रगति गर्दै गएका छौँ। बालबालिका कुनै पनि खोपबाट वञ्चित नहुन् भनेर बेला बेला विभिन्न कार्यक्रम पनि गरिराखेका छौँ।”