सुदूरपश्चिमका आठ ओटा जिल्ला ‘पूर्ण खोप सुनिश्चित’ घोषणा

वैशाख १८, बैतडी । बैतडीसहित सुदूरपश्चिमका आठ जिल्ला ‘पूर्ण खोप सुनिश्चितता तथा दिपोपना’ जिल्ला घोषणा भएका छन् । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ प्रदेशका आठ ओटा जिल्लालाई सो घोषणा गरिएको हो । प्रदेशको कैलालीबाहेकका अन्य आठ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा भइसकेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिए ।  बैतडी, दार्चुला, बझाङ, डोटी, डडेल्धुरा, बाजुरा, अछाम र कञ्चनपुर पूर्ण खोप सुनिश्चितता घोषणा भइसकेका छन् । कैलालीलाई पनि छिट्टै पूर्ण खोप सुनिश्चितता घोषणा गर्छौैँ’, उनले भने, ‘कैलालीलाई पनि पूर्ण खोप सुनिश्चितता घोषणाको तयारीमै छौँ, बढ्दो कोरोना संक्रमणका कारण प्रभावित भएको छ ।’  नेपाल सरकारले जारी गरेको पूर्ण खोप सुनिश्चितता निर्देशिका तेस्रो संशोधन २०७७ अनुसार जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिने गरिएका छन् । बालबालिकालाई १२ थरिका खोप तालिकाअनुसार नियमित लगाइएको मापदण्ड पूरा गरेपछि यहाँका आठ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । बच्चा जन्मेदेखि १५ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाउने र छुटेका अन्य १६ देखि २३ महिना उमेर समूहका खोज्दै जिल्लाको समय तालिकाअनुसार खोपको मात्रा पुर्‍याइसकेपछि मात्र जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिने गरिन्छ । रासस

सम्बन्धित सामग्री

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

जिल्लाका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरेसँगै जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो। यसअघि गण्डकी प्रदेशको लमजुङ र पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भइसकेका छन्।

दाङका आठ पालिका पूर्ण खोप सुनिश्चित घोषणा

२३ असार, दाङ । दाङका आठ पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीका अनुसार तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकासहित दङ्गीशरण, राप्ती, राजपुर, गढवा, बङ्गलाचुली र शान्तिनगरलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । चाँडै घोराही उपमहानगरपालिका र बबई गाउँपालिकालाई पनि पूर्ण खोप सुनिश्चित घोषणा गर्न लागिएको उनले जानकारी […]

दाङका आठ पालिका पूर्ण खोप सुनिश्चित घोषणा

दाङ – दाङका आठ पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीका अनुसार तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकासहित दङ्गीशरण, राप्ती, राजपुर, गढवा, बङ्गलाचुली र शान्ति नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । चाँडै घोराही उपमहानगरपालिका र बबई गाउँपालिकालाई पनि पूर्ण खोप सुनिश्चित घोषणा गर्न लागिएको उनले जानकारी दिए […]

बैतडी पूर्ण खोप सुनिश्चित घोषणा

बैतडी– बैतडीलाई  पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । सोमबार यहाँ आयोजित कार्यक्रममा बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । जिल्लाका १० वटै स्थानीय तहमा रहेका खोप पाउने उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाइसकेकाले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । सो घोषणाका […]

बैतडी पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

बैतडी । बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । सोमबार यहाँ आयोजित कार्यक्रममा बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । जिल्लाका १० वटै स्थानीय तहमा रहेका खोप पाउने उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाइसकेकाले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । सो […]

बैतडीका आठ पालिका पूर्ण खोप सुनिश्चित घोषणा

बैतडी । बैतडीका आठ वटा स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएका छन् । सोह्र महिनादेखि २३ महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार पाउनुपर्ने खोप पाएपछि ती पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएका हुन् । जिल्लाको मेलौली, पुर्चौंडी, पाटन नगरपालिका, शिवनाथ, सिगास, डिलाशैनी, सुर्नया र पञ्चेश्वर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो […]

रुकुम पूर्व पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

रुकुम (पूर्व) लाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।  जिल्लाका सबै बालबालिकाले पूर्ण रुपमा नियमित खोप पाएपछि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । बुधबार सिस्ने गाउँपालिकाको प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले रुकुम पूर्वलाई पूर्ण खोप जिल्ला घोषणा गरेका हुन् ।सभामुख घर्तीले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरी आजदेखि जिल्ला पूर्ण खोप सुनिश्चित भएको घोषणा गरेका हुन् । जन्मेदेखि १५ महिनासम्मका एक हजार ३०० बालबालिका र १६ देखि २३ महिना

लमजुङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

लमजुङ जिल्ला पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भएको छ । ‘स्थानीय श्रोतको उपयोग, सहयोग र स्वामित्व पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ भन्ने नारा सहित बुधबार एक कार्यक्रमका विच जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भएको हो ।स्थानीय तह र वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनको आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना […]