कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खुलालुमा निर्माणाधीन पक्की पुल चाँडो सम्पन्न गर्न निर्माण कम्पन्नीलाई निर्देशन दिएका छन् ।
आइतवार साँझ कर्णाली करिडोरअन्तर्गत खुलालुमा पुगेर निर्माणाधीन पुलको अनुगमन गरेका उनले निर्माण कार्य जतिसक्दो छिटो सम्पन्न गर्न निर्देशन दिए ।
पुल निर्माणको कार्य तीव्र गतिमा भइरहे पनि कोरोना महामारीका कारण यस बीचमा सुस्ताएको पाइएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार कम्पनीमा काम गर्ने एक इन्जिनीयर कर्णाली नदीमा खसेर र अर्को कर्मचारी कोभिडले मृत्यु...