कोभिड–१९ (कोरोना भाइरस) महामारीका कारण रासायनिक मलको बिक्री वितरण प्रभावित हुने भएको छ ।
मल बिक्री केन्द्रहरूमा किसान तथा व्यापारीको भीडभाड अत्यधिक बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयहरूले बिक्री केन्द्रहरू बन्द गराउन थालेका छन् ।
मल बिक्री केन्द्रहरू बन्द हुन थालेपछि ठाउँठाउँमा किसानलाई मलको हाहाकार हुन थालेको छ ।
कृषि सामग्री केन्द्र लिमिटेडका प्रमुख नेत्र भण्डारीका अनुसार बाहिरबाट आउने रासायनिक मलको प्रवेश बिन्दुका रूपमा रहेको नवलपरासी बन्द भइसकेको छ । हेटौँडाको बिक्री केन्द्र शुक्रबारदेखि बन्द गर...