चाडबाड नजिकिँदा खाद्य बिक्री केन्द्र बन्द

चाडबाड नजिकिँदै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट सञ्चालित खाद्यान्न बिक्री केन्द्र बन्द हुने गरेको पाइएको छ । सदरमुकाम अमरगढीमा रहेको उक्त कार्यालय एक जना कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ । दसैँतिहार नजिकिँदै गर्दा बिक्री केन्द्र बन्द हुने गरेको गुनासो उपभोक्ताको छ । बिक्री केन्द्र बन्द हुँदा बजारको भन्दा सस्तो मूल्यमा चामललगायत खाद्य सामाग्री खरिद गर्न स्थानीय वञ्चित भएका छन् । नेपाल खाद्य संस्थान सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले यही असोज ४ गते दुई सय क्विन्टल मसिनो चामल सो केन्द्रमा पठाएको जनाएको छ ।