२०६८ सालको कुरा हो। बाबुराम भट्टराई नेतृत्वको सरकारमा म परराष्ट्र मन्त्री थिएँ। एकदिन मन्त्रालयमा गोरखाको जौबारीका स्थानीयको ‘डेलिगेसन’ आयो। आफ्नो गाउँको मान्छे परराष्ट्र मन्त्री बनेकोमा उनीहरू खुसी देखिन्थे। खुसी हुनुको अर्को कारण पनि थियो– म पढेको परोपकार आदर्श माध्यमिक विद्यालयको भवन बनाउन भारतीय दूतावासले पाँच करोड दिने भनेको रै’छ। त्यसका लागि मैले अब दूतावासमा भनिदिन्छु…