पाँचर – मेची राजमार्गको हेवा खोलामा बेलिब्रिज राखिने भएको छ । गए रातिदेखिको अविरल वर्षा र बाढीले आइतवार बिहान पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने पुल बगाएपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा त्यहाँ बेलिब्रिज पठाउन लागिएको हो ।
विपद् प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले खोज तथा उद्धारका लागि सम्बन्धित निकायको जिम्मेवारी तथा उपकरणको विवरण तय भइसकेको र बेलिब्रिज पठाउन लागिएको जानकारी दिनुभयो ।
हेवा खोलामा सडक विभागको इटहरीमा रहेकाे कार्यालयबाट बेलिब्रिज पठाउन ...