काठमाडौंः जति वेला फिल्म 'सम्झना बिर्सना'को कलाकार छनोटको काम भइरहेको थियो, त्यतिवेला पूजा शर्मा र आकाश श्रेष्ठ निकै मन पराइएको जोडी थियो। दुवैको सम्बन्ध पनि राम्रो थियो।फिल्मका मुख्य पात्रमा फिट हुने र दुवैको संयुक्त फ्यान फलोइङ्स पनि राम्रो भएका कारण फिल्मको व्यापारमा सकारात्मक प्रभाव पार्ने अपेक्षामा दुवै जनालाई मुख्य पात्रमा साइन गराइयो।तर, फिल्म बनेर प्रदर्शनमा आउँदासम्म आकाश र पूजाको सम्बन्धले अर्कै रुप लिएको छ। जसको प्रभाव फिल्ममा पनि पर्न गएको छ।फिल्म प्रमोशनको क्रममा प