काठमाडौं। सानिमा बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई बाल अस्पताल निर्माणका लागि आर्थिक सहयोग गर्ने भएको छ। दुई कम्पनीबीच भएको समझदारीअनुसार सानिमा बैंकले एककरोड रुपैयाँ दिने भएको हो। बालबालिकालाई स्वास्थ्य सेवा प्रदान गर्न चाइल्ड हेल्थले राजधानी काठमाडौंलगायत सबै प्रदेशमा सुविधायुक्त अस्पताल निर्माण गर्ने लक्ष्य राखेको छ।समझदारीपत्रमा चाइल्ड हेल्थका डा.भगवान कोइराला र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्द्रले हस्ताक्षर गरे।