गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण गर्दा अनियमितता गरेको आरोपमा धुर्मुस सुन्तली विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। उनीहरुलाई स्वदेश र विदेशमा रहेका नेपालीहरु अनि भरतपुर महानगरपालिकाबाट ५७ करोड रुपैयाँ चन्दा उठाएको तर काम भने नगरेको आरोप लगाईएको छ।