सुन्दरी प्रतियोगितामा भएको यौन शोषण प्रकरणमा पूर्व मिस नेपाल माल्भिका सुब्बाले आफू पनि उक्त समयमा मानसिक तनावमा रहेको बयान दिएकी छिन् । उक्त घटनाका सम्बन्धमा बुझिएकी माल्भिका सुब्बाले प्रहरीसँगको बयानमा आफू पनि उक्त समयमा मानसिक तनावमा रहेको बताएकी हुन् । साथै सक्सेस पार्टीका सन्दर्भमा माल्भिका र पीडित भनिएकी युवतीको बयान बाझिएको छ । पीडित युवतीले आफू करिब २ बजे एभरेष्ट होटलमा पुगेको र आफू लेमोनेट खाएपछि अचेत भएको र भोलिपल्ट बिहान ५ बजे होस् खुल्दा आफूमाथि बलात्कार भइरहेको पाएको बयान दिएकी