प्रतिनिधि र प्रदेश सभाका लागि कांग्रेस र माओवादी केन्द्रले आकांक्षी उम्मेदवारको नामावली पार्टी केन्द्रीय समितिमा सिफारिस गरेको छ । वडा, गाउँ, नगर र क्षेत्रीय समितिबाट सिफारिस भएको आधारमा जिल्लाका २ प्रतिनिधि र ४ प्रदेशका लागि नामावली सिफारिस गरेको हो । प्रतिनिधि सभामा क्षेत्र नं. १ मा कांग्रेसबाट प्रत्यक्षतर्फ उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, सांसद राजु थापा र सांसद धनराज गुरुङको नाम सिफारिसमा परेको छ ।