काठमाडौं । दुर्गामान तामाङले पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पारा भारोत्तोलन प्रतियोगितामा सोमबार नया“ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको पुरुष ७२ केजीमुनि तौलसमूह दुर्गामानले ९० केजी भार वहन गर्दै आफ्नै नाममा रहेको ८९ केजीको कीर्तिमान सुधार गरेका हुन् । राजाराम सिलवाल दोश्रो भए । राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघको समन्वयमा […]