धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म रेल गुडाउने तयारी

जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । रेलमार्गको ट्रयाक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेकाले आगामी बिहीबार रेल सञ्चालनको परीक्षण गर्ने नेपाल रेल्वे कम्पनीले तयारी गरेको छ । रेल्वे ट्रयाक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेकाले पहिलो चरणमा कुर्थादेखि बिजलपुरासम्म रेल गुडाएर परीक्षण गर्ने तयारी भएको नेपाल रेल्वे कम्पनीका इञ्जिनीयर रवीन्द्र साहले जानकारी दिए। सो ट्रयाकको मुख्य कार्य सम्पन्न भइसकेको र सामान्य काम मात्र बाँकी रहेकाले परीक्षण गर्न लागिएको इञ्जिनीयर साहले बताए । रेल सञ्चालनको परीक्षणपश्चात् प्राविधिकको सुझावका आधारमा जयनगरदेखि बिजलपुरासम्म नियमित रेलसेवा सञ्चालन गरिने उनको भनाइ छ ।बिजलपुरादेखि बर्दिवाससम्मको १८ किमी रेलमार्ग निर्माणमा भने जग्गा मुआब्जा विवादले काम प्रभावित भएको छ । “जग्गा मुआब्जाको समस्यालगायतका कारण बिजलपुरा भङ्गहादेखि बर्दिवाससम्म रेलमार्ग निर्माणको काम प्रभावित भएको छ”, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले भने , “कतिपय ठाउँमा व्यावहारिकरुपमा सडक देखिएको छ, तर नक्सामा सडक छैन तैपनि स्थानीयले मुआब्जा मागिरहेका छन् ।”उनका अनुसार सो क्षेत्रका कतिपय ठाउँमा ऐलानी जग्गामा दलित बस्ती रहेका र उनीहरुसँग जग्गा स्वामित्वको कुनै कागज नहुँदा पनि मुआब्जा मागेर विवाद गरिरहेका कारण रेल्वे ट्रयाक निर्माणको काममा समस्या भएको छ ।आफूहरुले चाहेर पनि समस्या समाधान गर्न नसकिरहेको महाप्रबन्धक झाले बताए । उनले भने, “मुआब्जाको समस्या समाधान भएपछि दुई वर्षभित्र ब्रोडगेज रेलमार्ग निर्माण सकेर बर्दिवाससम्म रेल चल्न थाल्छ, मुख्यतः हामीलाई रेलमार्ग निर्माणका लागि अहिलेदेखि ठूलो समस्या यही नै हो ।” रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो । सोहीअनुसार सन् २०११ महिनामा निर्माणको थालनी भएको थियो । ब्रोडगेज निर्माणको ठेक्का भारतीय ठेकेदार कम्पनी इरकन इन्टरनेसनल लिमिटेडले प्राप्त गरी कम्पनीको निगरानीमा धनुषा र महोत्तरीमा दुई वटा निर्माण कम्पनीलाई ठेक्का दिएर काम अघि बढाइएको नेपाल रेल्वे कम्पनिले जनाएको छ ।महाप्रबन्धक झाका अनुसार नेपाललाई रेल सञ्जालमा जोड्ने सरकारको नीतिअनुरुप महोत्तरीको बर्दिबासदेखि बाराको निजगढसम्मको रेलमार्ग निर्माणका लागि माटो फिलिङको कार्य भइरहेको छ । यस्तै निजगढ–काठमाडौँ रेलसेवा सञ्चालनका लागि रेलमार्गको डिपिआर तयारी भईरहेको महाप्रबन्धक झाले जानकारी दिए ।

सम्बन्धित सामग्री

कुर्थादेखि बिजलपुरासम्म रेल गुडाउने तयारी

रेल्वे ट्रयाक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेकाले पहिलो चरणमा कुर्थादेखि बिजलपुरासम्म रेल गुडाएर परीक्षण गर्ने तयारी भएको नेपाल रेल्वे कम्पनीका इञ्जिनीयर रवीन्द्र साहले जानकारी दिए। सो ट्रयाकको मुख्य कार्य सम्पन्न भइसकेको र सामान्य काम मात्र बाँकी रहे...

कुर्थादेखि बिजलपुरासम्म रेल गुडाउने तयारी

जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । रेलमार्गको ट्रयाक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेकाले आगामी बिहीबार रेल सञ्चालनको परीक्षण गर्ने नेपाल रेल्वे कम्पनीले तयारी गरेको छ । रेल्वे ट्रयाक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेकाले पहिलो चरणमा कुर्थादेखि बिजलपुरासम्म रेल गुडाएर परीक्षण गर्ने तयारी भएको नेपाल रेल्वे कम्पनीका इञ्जिनीयर रवीन्द्र साहले जानकारी दिए । सो ट्रयाकको मुख्

बथनाहा–विराटनगर रेल सञ्चालनको तयारी

भारतको वथनाहादेखि विराटनगरको बुधनगरसम्म रेल सञ्चालनको तयारी थालिएको छ। भारतको वथनाहादेखि विराटनगरको बुधनगरस्थित एकीकृत जाँचचौकी (आइसिपी) सम्म दशैंअघि नै रेल सञ्चालनमा ल्याउने तयारी थालिएको हो।...

बथनाहा-विराटनगर रेल सञ्चालनको तयारी

भारतको वथनाहादेखि विराटनगरको बुद्धनगरसम्म रेल सञ्चालनको तयारी थालिएको छ। भारतको वथनाहादेखि विराटनगरको बुद्धनगरस्थित एकीकृत जाँचचौकी (आइसिपी)सम्म दशैंअघि नै रेल सञ्चालनमा ल्याउने तयारी थालिएको हो।...

रेल सञ्चालनको सम्पूर्ण तयारी पूराः शनिबार उद्घाटन हुने

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रुपमा रेल सेवा सञ्चालनका लागि सबै तयारी पूरा भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार नयाँ दिल्लीबाट संयुक्त रुपमा ‘फ्लाग अफ’ गरी यसको उद्घाटन गर्ने कार्यक्रम छ । नेपालमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतबाट रु ८४ करोड ६५ लाखमा दुई …

रेल सञ्चालन गर्ने सरकारको तयारी

सरकारले जनकपुर–जयनगर रूटमा चलाउन भारतसँग खरिद् गरेको नेपाली ध्वजावाहक रेल करिब १५ महिनामा बल्ल सञ्चालनमा ल्याउने तयारी भएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किलोमिटर रेल सेवा सञ्चालनको अन्तिम तयारी भएको बताएको हो । मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा रेल सेवा उद्घाटनको मिति तय हुने जनाएको छ । […]

मंसिर अन्तिमसम्म रेल सञ्चालनमा ल्याउने तयारी

जनकपुरधाम : बहुप्रतिक्षित जनकपुर–जयनगर रेल सेवा आगामी मंसिर अन्तिम सातादेखि सञ्चालन गर्ने तयारी गरिएको छ। नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले मंसिर अन्तिम सातासम्म रेल सञ्चालन गर्ने गृहकार्य भइरहेको बताए।यसअघि पनि पटक–पटक मिति तय भए पनि सञ्चालन हुन सकेन। महाप्रबन्धक झाले मंसिरको अन्तिम सातासम्म सञ्चालनमा ल्याउने बताए पनि आवश्यक कानुन भने हालसम्म निर्माण भएको छैन।कानुन नै नबनेकाले रेल सञ्चालनमा आउनेमा जनकपुरवासी विश्वस्त छैनन्। नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य शै

रेल सञ्चालन तयारी

सरकारले नौ महिनाअघि भारतबाट ल्याएर थन्क्याएको रेल सञ्चालनको तयारी सुरु गरेको छ ।रेल सञ्चालनका लागि कुर्था–जनकपुर–जयनगर खण्डमा आइतबार रेल्वे ट्रयाकको स्पिड ट्रायल टेस्ट गर्न लागेको छ । भारत सरकारले ट्रयाक बुझाउने तयारी गरेकाले गर्दा ट्रयाक टेस्ट गरेर भारत सरकारले नेपाल हस्तान्तरण गर्न लागेको हो । “कति गतिमा रेल सञ्चालन गर्न सकिन्छ, सोही अनुसार ट्रयाक तयार […]

लकडाउन खुल्ने बित्तिकै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले लकडाउन खोल्ने बित्तिकै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी थाल्न रेल विभागलाई निर्देशन दिए ।मन्त्री नेम्बाङले पानिजहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरूसँग छलफल गर्ने क्रममा रेल विभागलाई लकडाउन खुल्न बित्तिकै रेल सञ्चालन गर्ने गरी सम्पूर्ण तयारी पुरा गर्न निर्देशन दिए । नीतिगत, व्यावहारिक र प्राविधिक सम्पूर्ण […]

तयारी अवस्थामा रहेको रेल सञ्चालनको भाखा सरेको सर्यै

काठमाडौं । ३४ किलोमीटर खण्डको जनकपुर (कुर्था)–जयनगर रेलमार्गमा तयारी अवस्थामा रहेका रेल चलाउनसमेत निरन्तर भाखा सारिएको छ । गत असोज २ गते यो खण्डमा भारतबाट ल्याइएका २ ओटा रेल परीक्षणका रूपमा सञ्चालन भएयता ती रेल पार्किङ गरेर राखिएको छ ।रेल सञ्चालन गर्ने जिम्मा पाएको सरकारी लगानीको नेपाल रेलवे कम्पनी लिमिटेडले सञ्चालनका लागि तीनपटक भाखा सारेको छ । रेल नेपाल ल्याउँदा कात्तिकसम्ममा सञ्चालन गर्ने भनेको कम्पनीले त्यसयता पुसमा र अहिले माघ महीनाको अन्तिमसम्ममा रेल चलाउने नयाँ समयसीमा तयार गरेको छ