काठमाण्डाै – नेकपा एमालेको सचिवालय बैठक चलिरहेकाे छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा केही बेरअघि बैठक सुरु भएको हो ।
बैठकमा आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि प्रत्यक्षतर्फका उम्मेदवारको टुङ्गो लगाउने जनाइएको छ । बैठकमा लोकतान्त्रिक समाजवादी, राप्रपा, राप्रपा नेपाल लगायतका दलहरूसँग चुनावी तालमेल गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ ।
प्रत्यक्षतर्फका उम्मेदवारले मनोनयन दर्ता गर्ने दिन नजिकिँदै गइरहेको अवस्थामा गठबन्धन दलहरूसहित सबै दलले उम्मेदवार...
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ।अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अपरान्ह तीन बजे बैठक बोलाइएको उपाध्यक्ष सुवास नेम्बाङले जानकारी दिए। आजको बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउने बताइएको छ।असोज २३ गते प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको उमेदवारी दर्ता गर्नुपर्ने हुँदा बैठकमा तल्ला तहहरूबाट सिफारिस भएर आएका नामबारे छलफल हुने र उम्मेदवारको टुंगो लाग्ने बताइएको छ।यसैगरी, बैठकमा विभिन्न दलसँग चुनावी तालमेल
काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक अहिले केहीबेरमा सुरु हुने पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। बैठकमा आगामी संघ र प्रदेश निर्वाचनको तयारीबारे छलफल गर्न बैठक बस्न लागेको हो। चुनावी रणनीति, सत्ता बाहिर रहेका दलहरूबीचको चुनावी तालमेल लगायत समसामयिक राजनीतिबारे छलफल हुने तयारी छ।