मुगुमकार्मारोङ गाउँपालिका–८ माग्रीगाउँकी ८६ वर्षीया छिरिङमिन्डिक तामाङ दुई सातादेखि जिल्ला अस्पतालमा उपचाररत छिन् । कडा ज्वरो आउने, टाउको दुख्ने र बान्ता हुनेलगायत समस्या देखिएपछि एक दिन हिँडेर अस्पताल आएकी उनले आफ्नो उपचारमा लाग्ने सबै औषधि निजी मेडिकलबाट ल्याउनुपरेको छ ।