दाङ : कोरोना महामारीको दोस्रो लहरमा अक्सिजनको अभावमा धेरैले ज्यान गुमाएको दाङमा अहिले चारवटा अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि पर्याप्त भएको छ।घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताल, घोराहीमा रहेको दाङ अक्सिजन उद्योग र तुलसीपुरको दुधरासमा रहेको सोनापुर सिमेन्ट एण्ड मिनरल्सले अक्सिजन उत्पादन सुरु गरेको छ। अहिले दैनिक एक हजारभन्दन बढी अक्सिजन सिलिन्डर उत्पादन भइरहेको छ। प्रतिष्ठानमा दैनिक ३००, दाङ अक्सिजन उद्योगमा १७०, राप्ती प्रादेशि