काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री र मन्त्रीहरू चुनावी प्रचारमा जानु आचारसंहिता विपरीत भएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत् यस्ताे बताएका हुन्। महासचिव पाेखरेलले फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्री र मन्त्रीहरू चुनाव प्रचारमा हिँड्नु आचारसंहिताको ठाडो उल्लङ्घन हो। यतिबेला सत्तापक्षलाई हाम्रो सुझावको सम्झना हुँदैहोला।’ प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासहित सत्तारूढ दलका शीर्ष […]