वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेरभन्दा जुटेर बलियो हुने बताएका छन्।
नेकपा डोटीले जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको नेकपा कार्यकर्ता भेला तथा स्वागत कार्यक्रममा उनले जनताको चाहना र अपेक्षानुसार नेकपा एक एक जुट भएर अघि बढ्न सक्नुपर्छ भने ।
मन्त्री आलेले सरकारले मिति तोकिसकेकाले एक जुट भएर निर्वाचनमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह गर्दै सुदूरपश्चिम प्रदेशको विकासका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।