सिटिजन्स बैंकको सूचना अधिकारीमा श्रेष्ठ र प्रवक्तामा अधिकारी नियुक्त

वैशाख ३१, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सूचना अधिकारीमा राजेन्द्र लाल श्रेष्ठ र प्रवक्तामा नारायण राज अधिकारीलाई नियुक्त गरेको छ ।  करीब २२ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आएका राजेन्द्र लाल श्रेष्ठले स्थापनाकाल देखिनै बैंकसँग आबद्ध भई विभिन्न ओहदामा रही कार्य सम्पादन गर्दै आइरहेका छन् ।  हाल उनी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका साथै कम्पनी सचिवको रुपमा समेत कार्यरत रहेको बैंकले जानकारी दिएको छ । प्रवक्तामा नियुक्त भएका नारायण राज अधिकारीसँग करीब १७ वर्षको बैंकिङ अनुभव रहेको छ । अधिकारीले सामान्य सेवा विभाग, मानव संसाधन विभाग, कर्जा असुली विभाग, कर्जा प्रशासन र कर्पोरेट कम्युनिकेशन विभाग समेतको जिम्मेवारी वहन गर्दै आएका छन् ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १६८ ओटा शाखा, १११ ओटा एटीएम र १०९ ओटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करीब १० लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । 

सम्बन्धित सामग्री

सिटिजन्स बैंकको सूचना अधिकारी र प्रवक्ता हेरफेर

सिटिजन्स बैंक इन्टरनेसनलको सूचना अधिकारीमा राजेन्द्रलाल श्रेष्ठ र प्रवक्तामा नारायणराज अधिकारी नियुक्त भएका छन् ।२२ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत श्रेष्ठले स्थापनाकाल देखिनै बैंकमा आवद्ध थिए । भारतको पुणेस्थित सिम्बायोसिस इस्टिच्युट अफ बिजनेस मेनेजमेन्टबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका श्रेष्ठसँग शाखा सञ्चालन, ट्रेड प्रशासन, जोखिम व्यवस्थापन तथा कर्जा असुली जस्ता क्षेत्रमा काम गरेको अनुभव छ । हाल […]

सिटिजन्स बैंकको सुचना अधिकारीमा राजेन्द्र लाल श्रेष्ठ र  प्रवक्तामा अधिकारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेको सुचना अधिकारीमा राजेन्द्र लाल श्रेष्ठ र प्रवक्तामा नारायण राज अधिकारी नियुक्त भएका छन् । करिब २२ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत श्रेष्ठले स्थापनाकाल देखिनै बैंकमा आवद्ध थिए । भारतको पुणे स्थित सिम्बायोसिस इस्‍टिच्युट अफ बिजनेस मेनेजमेन्टबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका श्रेष्ठसँग शाखा संचालन, ट्रेड प्रशासन, जोखिम व्यवस्थापन तथा कर्जा...