काठमाडौं । सहिदहरुको सम्झनामा काठमाडौको माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ । झापा आन्दोलनका क्रममा भएका सहिदहरुको सम्झनामा सहिद तथा वेपत्ता योद्धा सन्तति फाउन्डेसनको आयोजनामा दीप प्रज्वलन गरिएको हो । उक्त कार्यक्रममा नेकपाका नेता तथा पूर्वमन्त्री जनार्दन शर्मा लगायतको सहभागिता रहेको थियो । तत्कालीन पञ्चायती शासकले ०२९ साल फागुन २१ गते झापाको सुखानी जंगलमा लगेर क्रान्ति नायकहरू नेत्र घिमिरे, रामनाथ दाहाल, बिरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठको हत्या गरेको थियो ।