सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै बुटवलमा ५ दलले दीप प्रज्वलन गरेका छन् । बुटवलको ट्राफिक चोकमा साँझ जम्मा भएका नेपाली काँग्रेस, माओवादी केन्द्र, एमाले (माधव नेपाल पक्ष), जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा नेता कार्यकर्ताहरूले फैसलाको स्वागत गर्दै दीप प्रज्वलन गरेका हुन् । दीप प्रज्वलन कार्यक्रममार्फत उनीहरुले प्रधानमन्त्री ओली र राष्ट्रपतिले तत्काल राजीनामा दिनुपर्ने माग गरे । कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश सभा संसदीय दलका ने