एनसेलले सन् २०२१ को तेस्रो त्रैमासिकमा १० अर्ब १५ करोड ८० लाख आम्दानी गरेको छ । तेस्रो त्रैमासिक जुलाईदेखि सेप्टेम्बरसम्मको वित्तिय विवरण अनुसार कम्पनीले ३ महिनामा १० अर्ब १५ करोड रूपैयाँ आम्दानी गरेको हो ।
गत वर्ष सोही अवधिमा कम्पनीले १० अर्ब ३ करोड ६० लाख रूपैयाँ आम्दानी गरेको थियो । गत वर्षको तेस्रो त्रैमासको भन्दा यो वर्षको तेस्रो त्रैमासमा केही आम्दानी बढाएको छ ।...