बितेको २४ घण्टामा विपद्का घटनामा ८ जनाको मृत्यु भएको छ । सो अवधिमा १९ जिल्लाका ३२ स्थानमा विपद्का घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार रुपन्देही, नवलपरासी पश्चिम, बागलुङ, बाँके, पर्सा, धादिङ, कैलालीमा विपद्का घटनाबाट ८ जनाको मृत्यु भएको हो । यस्तै ३ जना घाइते भएको प्राधिकरणले जनाएको । रुपन्देहीको सियारीका ४५ वर्षीय एक पुरुषलाई घरमै बसिरहेको अवस्थामा चट्याङ्ग लागेर मृत्यु भएको छ भने नवलपरासी पश्चिमको लक्ष्मीपुरमा ६० वर्षीया