४ जेठ, काठमाडौं । सरकारले अध्यागमन डेस्कमा बस्ने कर्मचारीलाई सुर्तीजन्य पदार्थ र चुइगमको सेवन निषेध गरेको छ । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले सबै अध्यागमन कार्यालयका नाममा निर्देशन जारी गर्दै यस्तो जानकारी गराएका हुन् । ‘अध्यागमन डेस्कमा बस्ने तथा ड्युटीमा रहेको कुनै पनि कर्मचारीले सुर्तीजन्य पदार्थ, गुट्खा, चुइगम सेवन कदापी नगर्ने’ निर्देशनमा भनिएको छ । […]