पर्वत : दश वर्षको अवधिमा पर्वत जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक अवस्थामा पुगेको देखिएको छ।राष्ट्रिय जनगणना, २०७८ सालको पर्वत जिल्लाको नतिजा सार्वजनिक गर्दै तथ्यांक सहायक सुरेन्द्रराज पौडेलले २०६८ सालको जनगणना र २०७८ सालको जनगणनाको १० वर्षे अवधिमा पर्वतमा माइनस १.०९ प्रतिशत वृद्धिद्धर रहेको बताए। पछिल्ला तीन पटक भएका जनगणनाको तथ्यांकलाई हेर्दा हरेक पटकको गणनामा जनसंख्या घट्दै आइरहेको देखिएको छ। २०५८ सालमा एक लाख ५७ हजार आठ सय २६ रहेकोमा २०६८ सालमा एक लाख ४५ हजार पाँच सय ९० मा झरेको थियो।२०