खोटाङ उद्योग वाणिज्य संघको ११ औं अधिवेशनलाई प्रभावित गर्ने गरि निर्णय गरिएको भन्दै असन्तुष्ट पक्षले खारेजीको माग गरेका छन् । संघका वरिष्ठ उपाध्यक्ष समुन्द्रप्रसाद जोशीको नेतृत्वमा सोमबार जिल्ला प्रशासन कार्यालयमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाइ समक्ष चैत ५ गते बहुमत सदस्यको नाममा निर्वाचनलाई प्रभावित पार्ने गरि कामचलाउ समितिले एकलौटी ढंगबाट गरिएको निर्णयलाई खारेज […]