डम्बरसिं राई

दिक्तेलको माटिकोरे खेल मैदानमा तीन दिनदेखि जारी रमाइलो मेलामा जुवातास खेलमा लाखौंको ठगी भइरहँदा प्रशासन बेखबर बनेको छ । जुवातास खेलिरहँदा आर्थिक प्रलोभनमा फसेर प्रशासन मौन बनेको भन्दै त्यसलाई रोक्न खोटाङ उद्योग वाणिज्य संघ लगायत स्थानीय नागरिक समाजको टोलीले प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेल समक्ष माग गरेका छन् ।