डीजी पेमा आबद्ध व्यवसायीले अब सुपथ मूल्यमा डिजिटल मार्केटिङ गर्न पाउने
डीजी पेमा आबद्ध व्यवसायीले अब सुपथ मूल्यमा डिजिटल मार्केटिङ गर्न पाउने भएका छन् । डीजी पे प्रालि र 21st टेक प्रालिबीच सुपथ मूल्यमा डिजिटल मार्केटिङ गर्न पाउनेसम्बन्धी सम्झौता भएसँगै त्यस्तो सेवा उपलब्ध हुने भएको हो ।
म्याग्दी । फापरको पिठोको झिलिंगा, खुर्पानीको सुकुटी, स्याउ र खुर्पानीको अग्र्यानिक जुस मुस्ताङका मौलिक उत्पादन हुन् । तर, प्रचारप्रसारको अभावमा जिल्लाभित्र मात्र सीमित मुस्ताङी उत्पादनको स्वाद अब भने बाहिरका उपभोक्ताले समेत लिन पाउने भएका छन् ।
मुस्ताङमा पर्यटन व्यवसायी महिला संघ नेपाल (टेबान)ले यहाँका महिला उद्यमीलाई ‘डिजिटल मार्केटिङ’सम्बन्धी चारदिने तालीम प्रदान गरेपछि उनीहरूले स्थानीय उत्पादनलाई बाहिरी बजारमा पठाउने तयारी शुरू गरेका छन् ।
जिल्लामै खपत हुने यी हिमाली रैथाने उत्पादनहरूको माग काठमाडौं, पोखरा जस्ता शहरी क्षेत्रहरूमा उच्च छ । तर, व्यापारिक ज्ञानको अभावमा जिल्लाभित्रै सीमित रहेका यी उत्पादन अब डिजिटल मार्केटिङको माध्यमबाट जुनसुकै ठाउँमा पनि मगाउन सकिने तालीमका प्रशिक्षक आँखीझ्याल टेक्नोलोजिजका इन्जिनियर उज्ज्वल पौडेलले बताए ।
इमेल/इन्टरनेट र सामाजिक सञ्जालका माध्यमबाट पर्यटन प्रवद्र्धन र उत्पादनको बजारीकरणका उपायबारे जान्न पाउँदा मुस्ताङका महिला उद्यमी उत्साहित भएको उनको भनाइ छ । मुस्ताङमा उत्पादन हुने वस्तुबारे थाहा पाएकाहरूले सीधा सम्पर्कबाट वा अन्य माध्यमबाट उत्पादनको खरीद गर्न सक्ने प्रशिक्षक पौडेलले बताए ।
मुस्ताङ र पोखराका पर्यटन व्यवसायीबीच भएको अन्तरक्रियामा पोखरा र मुस्ताङबीचको पर्यटकीय साझेदारीको आवश्यकतामा जोड दिइएको थियो । मुस्ताङका होटल व्यवसायी पनि यो तालीमबाट लाभान्वित भएको स्थानीय शोभित शेरचनले बताए । घरपझोङ गाउँपालिकाका प्रमुख मोहनसिंह लालचनले मुस्ताङ क्षेत्रको पर्यटकीय प्रवद्र्धनका लागि पोखरा महानगरपालिकाको सहयोग आवश्यक रहेका बताए । त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले मुस्ताङका मौलिक उत्पादन नेपाली बजारमा मात्रै होइन, विश्व बजारमा समेत प्रवद्र्धन गर्न सक्नुपर्ने बताए ।
ब्रोडवे इन्फोसिसले डिजिटल मार्केटिङ ३६० कोर्स सार्वजनिक गरेको छ । यसले डिजिटल मार्केटिङको सम्पूर्ण पक्षको बारेमा प्रशिक्षण दिने गरिनेछ ।
कोर्सले विद्यार्थीहरुलाई डिजिटल मार्केटिङमा प्रोफोसनल बन्नलाई सहयोग पुर्याउने ब्रोडवे इन्फोसिसले जनाएको छ ।
यसमा कन्टेन्ट मार्केटिङ, इमेल मार्केटिङ, मिडिया बाइङ, युआइ/यूएक्स डिजाइन, क्लयान्ट स्ट्राटेजी, डेटा एण्ड...
नेपाल महिला चेम्बरले डिजिटल मार्केटिङ तालिम आयोजना गरेको छ । सूचना प्रविधिको विकाससँगै वस्तुहरूको उत्पादन प्रवर्द्धन एवं बजारीकरणमा सहयोग गर्ने उद्देश्यले महिला चेम्बरले डिजिटल मार्केटिङको तालिम आयोजना गरेको हो ।तालिममा करिब १ साता चलेको डिजिटल मार्केटिङको तालिममा ३४ जना महिला एवं युवतीहरूले सहभागिता जनाएका थिए । तालिमको समापन अवसरमा नेपाल चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले नेपाली महिलाहरूलाई मुलुकको आर्थिक क्रियाकलापमा सहभागी गराउन तालिमको आयोजना गरिएको बताइन् ।
दक्षिण एसियाली महिला विकास मञ्चको आयोजनामा राजधानीमा महिला उद्यमीहरुको लागि इकमर्श र डिजिटल मार्केटिङ सम्बन्धि तीन दिने क्षमताअभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।...
यो डिजिटल दुनियाँ हो जहाँ इन्टरनेट सबैलाई अपरिहार्य भइसकेको छ । डिजिटल युगमा मान्छेले युरोप अमेरिकाको काम घरमै बसेर सजिलै गर्न सक्छन् । विश्वमा प्रख्यात विश्वविद्यालयहरुको कोर्स र सर्टिफिकेट घरमै बसेर लिन सकिन्छ । आज हामी तपाईंलाई डिजिटल मार्केटिङ के हो, यसको भविष्य र कसरी सिक्ने भन्नेबारेमा जानकारी दिँदै छौं :
डिजिटल मार्केटिङलाई अनलाइन मार्केटिङ पनि भन्ने गरिन्छ । यो...
डिजिटल मार्केटिङ ईन्टरनेटको माध्यमबाट ग्राहकहरू सम्म पुग्नको लागि एउटा वृहत सञ्जाल हो। जसमा प्रयोगकर्ताहरु प्रत्यक्ष रूपमा इमेल, इन्टरनेट,सामाजिक सञ्जाल साथै सर्च इन्जिनको माध्यामबाट लाभान्वित हुने गर्छन् ।
यो माध्यामबाट सजिलै कुनै पनि कम्पनीको ब्रान्ड वा उत्पादनलाई ईन्टरनेटको माध्यमबाट प्रबर्द्धन गरी विश्वको जुनसुकै कुनामा पनि कम लागत सँगै सीमित लगानीमा वस्तु...
जेम्स इन्स्टिच्युट अफ हायर एजुकेसनमा पहिलोपटक डिजिटल मार्केटिङ कोर्स सञ्चालन हुँदैछ । ‘गेटिङ स्टार्टेड विथ डिजिटल मार्केटिङ’ भन्ने अभियानसहित डिजिटल मार्केटिङ इन्स्टिच्युसन, आयल्र्यान्डसँगको साझेदारीमा सञ्चालन गर्न लागिएको डिजिटल मार्केटिङ विषयसम्बद्ध छोटो अवधिको कोर्स हो ।डिजिटल माकेर्टिङ कोर्सको विषयमा विस्तृत जानकारी गराउने उद्देश्यले जेम्स इन्स्टिच्युट अफ हायर एजुकेसनद्वारा ‘गेटिङ स्टार्टेड विथ डिजिटल मार्केटिङ’ विषयक वेबिनार कार्यक्रम […]
काठमाडौं, (नेस) । फिट इन्टरनेसनल डिजिटल मार्केटिङ एजेन्सीसँगको साझेदारीमा एफ वान सफ्ट ग्रुपको छाताअन्तर्गत शुरू भएको छ । यसले दक्षिणपूर्वी एसियाको अग्रणी डिजिटल मार्केटिङ संस्थाको संगठन हुने लक्ष्य राखेको छ । साथै नेपाल बाहिर पनि डिजिटल प्रमोसनको माध्यमबाट व्यापारलाई गति दिने यसको योजना छ । नेपाल र भारतीय उपमहाद्वीपको लागि मेसेन्जर पिपलसँग हालैको आधिकारिक गठबन्धन […]
काठमाडौं, असार २३ । पर्यटन व्यवसायीले नेपाली पर्यटनको पुनरुत्थान गर्न डिजिटल मार्केटिङमा जोड दिन नेपाल पर्यटन बोर्डलाई सुझाव दिएका छन्। उनीहरूले कोभिडको कारण तत्काल अन्तर्राष्ट्रिय पर्यटकहरू आउने सम्भावना कम रहेकोले भोलिको तयारीस्वरूप डिजिटल मार्केटिङलाई जोड दिन बोर्डलाई आग्रह गरेका हुन्। आर्थिक वर्ष २०७८र७९ को बजेटका सन्दर्भमा बोर्डले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा धारणा राख्दै व्यवसायीले बाह्य […]
पोखरा / पर्यटन क्षेत्रलाई प्रविधिमैत्री बनाउनका लागि पर्यटन व्यवसायी महिलालाई डिजिटल अनलाइनसम्बन्धी तालीम प्रदान गरिएको छ । पर्यटन व्यवसायी महिला सङ्घ (टेवान)को आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवद्र्धनमा सङ्घ आवद्ध सदस्यलाई प्रविधिको सही प्रयोगबाट व्यवसायलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिइएको थियो । तालीमको उद्घाटन सत्रमा पोखरा महानगरपालिका –६ का वडाध्यक्ष जगत...
The post पर्यटन व्यवसायी महिलालाई डिजिटल मार्केटिङ तालीम appeared first on Purbeli News.