कैलाली जिल्ला समन्वय समिति गठनका लागि बिहीबार नागरिक उन्मुक्ति पार्टी, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच तालमेल गर्ने सहमति भए पनि माओवादी केन्द्रले ती दिनमै सो सहमति तोडेर नेपाली काँग्रेससँग गठबन्धन गर्ने सहमति गरेको छ ।तीन दिनअघि जिल्ला समन्वय समितिको प्रमुखसहित दुई सदस्य नागरिक उन्मुक्ति पार्टी, उपप्रमुखसहित एक सदस्य नेकपा एमाले र चार सदस्य माओवादी केन्द्रले पाउने गरी समन्वय समितिमा तालमेल गर्ने तीन दलीय लिखित सहमति भएको थियो ।सो सहमति पत्रमा नेकपा माओवादी केन्द्रका कैलाली जिल्ला इन्चार्