माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको बहस अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्रीय प्रणालीले अस्थिरता कायम राखेको भन्दै अध्यक्ष दाहालले राजनीतिक स्थिरता र देश विकासका लागि प्रत्यक्ष राष्ट्रपतीय प्रणालीको विषय ‘डिबेट’मा लैजान सबैपक्षसँग आग्रह गरे ।