कानुनले पनि हल्लाउन सकेन छाउ प्रथा

हालै मध्य र सुदूरपश्चिमका केही जिल्लामा छाउ प्रथाको पछिल्लो अवस्थाबारे अध्ययन गरेर फर्केका अधिकारीहरुले त्यहाँ नयाँ कानून प्रभावकारी नभएको भेटिएको बताएका छन्।

सम्बन्धित सामग्री

कर्णालीमा छाउप्रथा : भत्काइएका छाउगोठ फेरि ठडिँदै

मानव विकास सूचकाङ्कमा सबैभन्दा गरिब मानिएको कर्णाली प्रदेश विकासका दृष्टिले पनि सबैभन्दा पछाडि नै छ । वर्षौंदेखि रोग, भोक, अशिक्षा, गरिबी र भौगोलिक विकटताले यहाँको विकास हुनै सकेन । प्रदेशमा रहँदै आएका छाउलगायतका विभिन्न कुप्रथाले महिला हिंसा, बलात्कार र अकालमै ज्यान गुमाउने अवस्थाले विकाससँगै जनजीविकामा नकारात्मक असर पुर्याएको छ । छाउ प्रथा दुर्गम हिमाली जिल्ला जुम्ला, हुम्ला, कालीकोट, जाजरकोट डोल्पासहित सुगम मानिने दैलेख र सुर्खेतको पश्चिम क्षेत्रमा अहिले पनि विद्यमान छ । छाउमा बसेको अवस्