लोकप्रिय राइड सेयरिङ प्लेटफर्म पठाओ शनिबारदेखि औपचारिक रुपमै चितवनमा पनि आफ्नो सेवा शुरु गरेको छ । नेपालमा व्यवसायिक यात्राको ४ वर्ष पूरा गर्दैगर्दा पठाओले काठमाडौं उपत्यकासहित बागमती प्रदेशको चितवनमा पनि राइड सेयरिङ सेवा शुरु गरेको हो । २५ सेप्टेम्बर २०१८ देखि बाइकमा राइड सेयरिङमार्फत कम्पनीले नेपालमा सेवा सुरू गरेको थियो । आफ्नो सेवा विस्तार गर्दै पठाओले ९ अगस्ट २०१९ मा कार लाइट अर्थात् ट्याक्सी सेवा पनि जोडेको थियो । कार लाइट सुरु गरेपछि क्याप्टेन (ट्याक्सी चालक) हरूको अतिरिक्त आम्दानीमा