विराटनगर । इलामको पशुपति नगरदेखि पश्चिम नेपालका भारतसँग जोडिएको खुला सिमानाको फाइदा उठाउँदै अवैध रूपमा भारतीय बिस्कुट भित्रन थालेपछि नेपाली बिस्कुट उद्योगले आफ्नो उत्पादन ५० प्रतिशत कटौती गर्न बाध्य भएका छन् ।कोरोनाको कारण सीमानाका पूर्णरूपमा बन्द हुँदा बिस्कुट उद्योगहरूले क्षमताको शतप्रतिशत उत्पादन गरेका थिए । तर, नाका खुल्नासाथ अवैध रूपमा बिस्कुट भित्रिन थालेपछि उत्पादन ५० प्रतिशत घटाउन बाध्य भएको उद्योगीहरूले बताएका छन् ।पाँच वर्ष अघिसम्म नेपालभरि ३५ ओटा बिस्कुट उद्योगहरू सञ्चालनमा थिए । तर,