मोरङ– सुरक्षा निकायको टोलीले मोरङको केराबारी गाउँपालिकाका दुई वटा मतदानस्थलको निरीक्षण गरेको छ। मोरङको दुर्गम मानिने केराबारी गाउँपालिका– १ पार्टीगाउँस्थित सरस्वती मावि र केराबारी–२ जेफालमा रहेको पञ्चायत आधारभूत विद्यालय मतदानस्थल निरीक्षणका लागि सुरक्षा निकायको टोली पुगेको हो। गाउँपालिकाबाट दुवै मतदानस्थल पुगेर विराटनगर फर्कन टोलीलाई करिब १२ घण्टा लागेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी […]