दाङ-२ (१) मा नेपाली कांग्रेसका राजु खनाल निर्वाचित

दाङ - दाङको निर्वाचन क्षेत्र नं. २ (१) मा नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल निर्वाचित हुनुभएको छ । कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति समेत रहेका खनालले १५ हजार ६ सय १४ मत प्राप्त गर्नु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बलिभद्र रानाले १४ हजार ४ सय ४७ मत प्राप्त गर्नुभएको छ। यो निर्वाचन क्षेत्रमा ३७ हजार ८६ मत खसेको थियो भने १ हजार ४ सय ८५ मत बदर भएकाे थियाे ।

सम्बन्धित सामग्री

चौधरी बने लुम्बिनी कांग्रेस संसदीय दलको नेता

लुम्बिनी प्रदेश सभा नेपाली कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन भएका छन् । नेताका लागि डिल्लीचौधरी, राजु खनाल, अब्दुल रज्जाक, जन्मजय तिमिल्सिना, वीरबहादुर राना र निमा गिरी आकाङ्क्षी थिए ।

कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा चौधरी सर्वसम्मत

काठमाण्डौ, पुस १८ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी सर्वसम्मत चयन भएका छन् । चौधरी आज संसदीय दलको नेतामा सर्वसम्मत चयन भएको कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए । कांग्रेस संसदीय दलको नेताका लागि चौधरी, राजु खनाल, अब्दुल रज्जाक र वीरबहादुर राना आकाङ्क्षी रहेका थिए।

दाङबाट प्रदेशसभामा कांग्रेसका राजु खनाल विजयी

७ मंसिर, दाङ । दाङ क्षेत्र नम्बर २ प्रदेश सभा (१) मा नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी भएका छन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभाका उपसभापति समेत रहेका खनालले नेकपा एमाले उम्मेदवार बलिभद्र रानालाई हराउँदै प्रदेशसभाको यात्रा तय गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभाको सबै मत गणना गरीसकेर सबैको परिणाम एकैपटक […]

चुनावी गठबन्धनका लागि लुम्बिनीमा कांग्रेसद्वारा वार्ता समिति गठन

बुटवल – नेपाली कांग्रेस लुम्बिनी प्रदेशले प्रदेशभर चुनावी गठबन्धन बनाउन सभापति अमरसिंह पुनको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ। कांग्रेसको बुटवलमा सम्पन्न प्रदेश समितिको बैठकले सत्तारुढ दलहरुसँग जिल्लास्तरमा भइरहेको वार्तालाई सघाउँदै गठबन्धन थप बलियो बनाउनका लागि सभापति पुनको संयोजकत्वमा वार्ता समिति बनाएको हो। समितिको सदस्यमा भरत कुमार शाह, भुवन प्रसाद श्रेष्ठ, राजु खनाल, प्रकाश राना […]

घोराहीका १३६ युवा कांग्रेसमा प्रवेश

दाङ । दाङको घोराही उपमहानगरपालिकाका १३६ युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शनिबार एक कार्यक्रम गरी कांग्रेस दाङले उनीहरूलाई सदस्यता प्रदान गरेको हो । १३६ युवा कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस दाङका सचिव अर्जुन योगीले जानकारी दिए । संविधानसभा सदस्य राजु खनाल, कांग्रेस दाङका पूर्वसचिव कमलकिशोर घिमिरे, निवर्तमान क्षेत्रीय सभापति भूपबहादुर...