जनकपुरधाम : प्रदेश २ सरकारले आगामी २०७८/०७९ का लागि विनियोजन गरेको विधेयक प्रदेशसभामा पेस गरेको छ। आज सोमबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले विनियोजन विधेयक २०७८ मा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य, प्राथमिकता र नीतिहरु प्रदेश सभामा छलफलका लागि प्रस्तुत गरेका हुन्।विधेयक पेस गर्दै मन्त्री यादवले कोभिड १९ को कारण अर्थतन्त्रमा परेका प्रभावलाई न्यूनीकरण गर्दै आर्थिक गतिविधि गतिशील बनाउन चुनौती थपिएको बताए।मुलुकको पन्ध्रौं