‘भूकम्पपछि पुनर्निर्माण गरिएका ९२ प्रतिशत घर सुरक्षित’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछि पुनर्निर्माण गरिएका मध्ये ९२ प्रतिशत घर सुरक्षित रहेको बताएका छन् ।सोमबार सिंहदरबारमा बसेको विकास तथा प्रविधि समितिको बैठकमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पपछि पुनर्निर्माण गरिएका मध्ये ९२ प्रतिशत घर सुरक्षित रहेको बताए । उनले सुरक्षित घर निर्माण गर्ने प्रविधि सफल भएको बताए । उनले सूचना प्रविधिको […]

सम्बन्धित सामग्री

मर्स्याङ्दीका १७ भूकम्पपीडितको घर पुनर्निर्माण

दुई वर्षअघिको भूकम्पले घर ध्वस्त बनाएपछि घरबारविहीन भएका मर्स्याङ्दीका १७ परिवारको घर पुनर्निर्माण भएको छ । मर्स्याङ्दी  गाउँपालिकाको ३, ८ र ९ का आर्थिक अवस्था कमजोर भएका भूकम्पपीडितको घर पुनर्निर्माण गरिएको...

भूकम्पबाट क्षति भएका १७ घर पुनर्निर्माण गरिँदै

लमजुङ – जिल्लामा क्रियाशील गैरसरकारी संस्था ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिसी) नेपाल र सी.आर.एस.नेपालको साझेदारीमा सञ्चालित लमजुङ पुनर्लाभ परियोजना अन्तर्गत जिल्लामा १७ घर निर्माणाधीन अवस्थामा रहेको छ । परियोजनाअन्तर्गत जिल्लाको चार स्थानीय तहमा भूकम्पबाट क्षति पुगेको १७ वटा घर पुनर्निर्माण थालेको हो । जिल्लाको बेसीशहर नगरपालिका, सुन्दरबजार नगरपालिका, दोर्दी र मर्स्याङ्दी गाउँपालिकामा सञ्चालित परियोजनाअन्तर्गत हालसम्म […]

लमजुङमा ७५ प्रतिशत निजी घर पुनर्निर्माण

लमजुङ – लमजुङमा ०७२ को भूकम्पले क्षतिग्रस्तमध्ये ७५ प्रतिशत निजी घरको पुनर्निर्माण सम्पन्न भएको छ । साढे १० हजार निजी घर पुनर्निर्माण भएका हुन् । सहरी विकास तथा भवन निर्माण विभाग जिल्ला कार्यान्वयन इकाइ (भवन र आवास) का अनुसार १५ हजार ५ सय ७७ लाभग्राहीमध्ये १० हजार ४ सय ४४ जनाले आवास निर्माण सम्पन्न गरी […]

भारत सरकारको सहयोगमा ५० हजार घर पुनर्निर्माण

गोरखा र नुवाकोट जिल्लामा भारत सरकारको आर्थिक सहयोगमा ५० हजार घरको पुनर्निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको उपलक्ष्यमा भारतीय राजदूतावासले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, यूएनडीपी र यूएन ओपिएससँग सहकार्य गर्दै काठमाडौंमा सोमबार एक कार्यक्रमको आयोजना ग¥यो । उक्त कार्यक्रममा भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्यसी खम्पा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको उपस्थिति थियो । […]

गोरखा र नुवाकोटमा  ५० हजार घर पुनर्निर्माण

भारत सरकारको आर्थिक सहयोगमा गोरखा र नुवाकोटमा ५० हजार घर पुनर्निर्माण सकिएको छ । ०७२ को भूकम्पले भत्काएका घर ६ वर्षमा पुनर्निर्माण भएको हो । सोमबार भारतीय दूतावास, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, युएनडिपी र...

भोजपुरमा भूकम्पबाट क्षतिग्रस्त ८४ प्रतिशत घर पुनर्निर्माण

२४ भदौ, भोजपुर । भोजपुरमा २०७२ सालको भूकम्पबाट क्षति भएका ८४ दशमलव ९५ प्रतिशत घरको पुनर्निर्माण सम्पन्न भएको छ । पहिलो किस्ता लिएका ६ हजार १९४ मध्ये हालसम्म पाँच हजार २६२ पुनर्निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ । पछिल्लो समय कार्यालयले स्थानीय तह स्तरीय कार्यक्रम सञ्चालन गर्दै वडास्तरमा रहेका समस्याका विषयमा स्थानीय […]

पुनर्निर्माण भए थप एक लाख सात हजार घर

आर्थिक वर्ष ०७७/०७८ मा थप एक लाख सात हजार ३५२ लाभग्राहीले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण सम्पन्न गरेका छन् ।आज सम्पन्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बार्षिक समीक्षा गोष्ठीमा दिइएको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ३१ हजार ३५९ लाभग्राही पहिचान भएका छन् भने ४१ हजार ७३८ हजारले अनुदान सम्झौता गरेका छन् ।  त्यस्तै, ४७ हजार ३८४ ले प्रथम किस्ता लिएका छन् भने ६९ हजार ०१० ले दोस्रो र ९२ हजार ५७८ ले तेस्रो किस्ता लिएका छन् ।उक्त आर्थिक वर्षमा थप ५८९ वटा विद्यालय, ५३ वटा स्वास्थ्य संस

लमजुङमा भुकम्प गएको ६ वर्षमा दश हजार घर पुनर्निर्माण

भूकम्पको ६ वर्ष बित्दा लमजुङमा भकुम्पबाट क्षति पुगेका घरमध्ये १० हजार ४ सय ४४ घर पुननिर्माण भएको छ । पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार विकास...

आवास पुनर्निर्माण : पाँच हजारले बनाउलान् घर

काभ्रेपलाञ्चोक /राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गत माघमा जिल्ला कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय धुलिखेलसँग निजी आवास निर्माणमा सम्झौता गरी पहिलो किस्ता लिएर घर

भूकम्पले क्षति पुगेका ९० प्रतिशत घर पुनर्निर्माण

गोरखामा भूकम्पले क्षति पु-याएकामध्ये ९० प्रतिशतभन्दा बढी घरको पुनर्निर्माण सकिएको छ । जिल्लामा हालसम्म कायम भएका ७२ हजार ८ सय २३ लाभग्राहीमध्ये ६० हजार ३ सय १४ जनाले घर निर्माण पूरा गरि तेस्रो किस्ताको अनुदान रकम बुझेका हुन् । जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधारले संकलन गरेको विवरण अनुसार जिल्लाका ११ मध्ये […]