अमेरिका जाने लोभमा पर्दा दुई व्यक्तिको ३४ लाख रकम डुबेको छ । रकम मात्र नडुबेर उनीहरु आफैँ मानव बेचबिखनको जालोमा फस्न पुगेका छन् । उनीहरु अहिले न्याय पाउँ भनी प्रहरीको शरणमा पुगेका छ्न ।
मानव बेचबिखन गरेको आरोप लागेका दाङ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका बस्ने एक दम्पतिमध्ये श्रीमती सुधा देवकोटा पक्राउ परे पनि श्रीमान् मुक्तिनारायण केसी अझै फरार छन् ।